वैशाख र जेठमा हुने त्रिविका सबै परीक्षा स्थगित

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २८ गते १५:०७
वैशाख र जेठमा हुने त्रिविका सबै परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षा कार्यक्रम स्थगित गरेको छ । त्रिविको केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकद्वारा वैशाख र जेठमा सञ्चालन गरिने परीक्षा स्थगित गरिएको हो ।

त्रिविले जारी गरेको सूचनामा विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फका ४ वर्षे बीएस्सी, बीबीएस र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा स्थगित गर्ने जनाएको छ ।

यस्तै पोष्ट ग्राजुएट डिप्लोमा इन काउन्सेलिङ साइकोलोजी, स्कुल साइकोलोजी र पोष्ट ग्राजुएट इन उमन स्टडिजका पूरा तथा आंशिक परीक्षा पनि स्थगन गरिएको त्रिविले जनाएको छ ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यसअघि त्रिविले चैतमा तय भएका विभिन्न परीक्षा पनि स्थगित गरेको थियो ।

प्रकाशित : २०७६ चैत २८ गते १५:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI