विपद व्यवस्थापन कोषमा कावासोतीका सामुदायिक क्याम्पसहरुबाट २ लाख ६० हजार सहयोग
NAWALPUR TIMES प्रकाशित : २०७६ चैत २८ गते २३:१७
No ads found for this position
No ads found for this position
कावासोती । कावासोती नगरपालिकामा संचालित पाँच वटा सामुदायिक क्याम्पसहरुले कावासोती नगरस्तरीय विपद व्यवस्थापन कोषमा २लाख ६० हजार १ सय सहयोग गरेका छ्न । कोरोना भाईरसबाट हुन सक्ने सम्भावित दुर्घटना नहोस भनि नेपाल सरकारले गरेको लक डाउनको अवधिमा दैनिक ज्याला मजदुरी गरेर जिविका चलाउने तथा विपन्न परिवारलाई राहत वितरणका लागि कोषमा सहयोग गरेको लुम्बिनी आदर्श डिग्री कलेजका प्रिन्सिपल बाबुराम रानाले बताए ।
आज नगरपालिकामा आयोजित कार्यक्रममा मध्यविन्दु क्याम्पस कावासोती-३ बाट संस्थागतरुप मा १ लाख तथा प्राध्यापक कर्मचारीको तर्फ बाट ७५ हजार गरि १ लाख ७५ हजार, कुमारवर्ती बहुमुखी क्याम्पस कावासोती-२ बाट २५ हजार, लुम्बिनी आदर्श डिग्री कलेजका प्राध्यापक कर्मचारीबाट ३० हजार १ सय, नवलपुर बहुमुखी क्याम्पस बाट २० हजार र मध्यवर्ती बहुमुखी क्याम्पस बाट १० हजार गरि कुल २ लाख ६० हजार १ सय सहयोग रकम सम्बन्धित क्याम्पसका प्रमुखहरुले विपद व्यवस्थापन समितीका संयोजक एवं नगर उपप्रमुख प्रेम शंकर मर्दनियालाई हस्तान्तरण गरेका हुन ।
Facebook Comment