No ads found for this position

नातिको बिहेका लागि बेलायत पुगेका क्षेत्रीको कोरोना संक्रमणका कारण मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २९ गते ७:३१
No ads found for this position
नातिको बिहेका लागि बेलायत पुगेका क्षेत्रीको कोरोना संक्रमणका कारण मृत्यु
No ads found for this position

नातिको बिहेमा सहभागी हुन बेलायत पुगेका बाग्लुङका कर्ण बहादुर क्षेत्रीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

सामान्य डायरिया र खानाको स्वाद फरक भएको लक्षण देखिँदै गएपछि लन्डनको नर्थवीक अस्पतालमा १० दिनसम्म आइसीयुमा भर्ना भएका उनको कोरोना भाइरसका कारण बुधबार (८ अप्रिलमा) मृत्यु भएको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

प्रवासी नेपाली एकता मन्च बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनीले क्षेत्रीको मृत्युले सबैलाई मर्माहत बनाएको भन्दै श्रद्धान्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

बेलायतमा रहेका छोरा मिलन केसी र बुहारी सरस्वती केसीका साथमा बस्दै आएका थिए। उनीहरु व्यवसायी रहेको बताइएको छ ।

प्रकाशित : २०७६ चैत २९ गते ७:३१
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI