No ads found for this position

नेपाल प्रहरीका १० एसएसपी डीआईजीमा बढुवा, गुल्मीका घनश्याम अर्याल सूचीको पहिलो नम्बरमा

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २९ गते ७:४६
No ads found for this position
नेपाल प्रहरीका १० एसएसपी डीआईजीमा बढुवा, गुल्मीका घनश्याम अर्याल सूचीको पहिलो नम्बरमा
No ads found for this position

दरबन्दी खाली रहेको २ महिनापछि नेपाल प्रहरीका १० जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरु प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन् । 

प्रहरी नियमावली २०७१ (संशोधनसहित) को  नियम २७ को उपनियम (४) को प्रावधान अनुसार १० प्रहरी बरिष्ठ उपरीक्षकलाई डीआईजीमा बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीको दरबन्दी १४ कायम गरेपछि बाँकी १० डीआईजीको लागि कडा प्रतिस्पर्धा भएको थियो । १० डीआईजीको लागि ३४ एसएसपीहरुको कडा प्रतिस्पर्धा थियो ।

अर्याल पहिलो नम्बरमा

दरबन्दी कटौती भएलगत्तै बढुवा प्रक्रिया सुरु भएको थियो। सिनियर र जुनियर गरेर दुई ब्याचका एसएसपीहरु डीआईजी बढुवा सिफारिस भएका हुन्। 

गृह मन्त्रालयले घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्त पन्त, ईश्वरबाबु कार्की, सहकुल थापा, धिरज प्रताप सिंह, बसन्त लामा, रबिन्द्र धानुक, उत्तम सुबेदी र अरुण बिसीलाई डीआईजी बढुवाको लागि सिफारिस गरेको हो। 

बढुवा समितिको बैठकले एसएसपी अर्याललाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ। त्यस्तै प्रकाशजंग कार्की दुई नम्बरमा डीआईजी बढुवाका लागि सिफारिस भएका छन्। 

जसमा २४ एसएसपीहरु डीआईजीको दौडबाट आउट भएका छन् । 

प्रकाशित : २०७६ चैत २९ गते ७:४६
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI