सामाजिक संजालबाट सङ्गठित युवाहरुको संस्था देउराली चौतारीले गर्यो हुप्सेकोटलाई खाद्यान्न सहयोग

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २९ गते १०:१८
सामाजिक संजालबाट सङ्गठित युवाहरुको संस्था देउराली चौतारीले गर्यो हुप्सेकोटलाई खाद्यान्न सहयोग

हुप्सेकोट । देशमा जारी लकडाउनले गर्दा सबै भन्दा मर्कामा मजदुरी गरि खाने अति बिपन्नहरु परेका छन । उनिहरुको दैनिकी नै अप्ठ्यारोमा परिरहेका बेला हरेक स्थानियले आफ्ना अति बिपन्न समुदायको लगत संकलन गर्दै खाद्यान्न बितरण गरिरहेका छन । यो क्रम हुप्सेकोटमा पनि जारी छ । यो बिषम परिस्थितिमा सामाजिक संजाल फेसबुक मार्फत सङ्गठित भएका हुप्सेकोटका युवाहरुहरुको संस्था देउराली चौतारीले सामाजिक उत्तरदायीत्व बहन गर्दै हुप्सेकोट गाउँपालिकालाई ५० हजार बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । कोहि पनि बिपन्न भोकै बस्न नपरोस भनेर खाद्यान्न सहयोग गरिएको देउराली चौतारीका क्षेत्रीय अध्यक्ष बालकृष्ण थापाले बताए । हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देबि पान्डेले पालिकाको खाद्यान्न बैंकमा प्राप्त खाद्यान्न आवश्यकता अनुसार अति बिपन्न समुदायलाई हस्तान्तरण गरिने बताउदै सहयोगका लागि देउराली चौतारीलाई धन्यवाद ज्ञापन गरिन ।
कार्यक्रममा हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष छबिलाल मिधुन, वडा नम्बर ४ का वडा अध्यक्ष रोशन थापा लगायतका जनप्रतिनिधि तथा देउराली चौतारीका क्षेत्रीय समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उनिहरुले यो महामारीमा सबैलाई आ- आफ्नो ठाउँबाट सहयोगमा जुट्न अपिल समेत गरेका छन । फेसबुक मार्फत सामाजिक रुपान्तरणका निमित्त सङ्गठित भएका युवाहरुको संस्था देउराली चौतारीले बिधिबत रुपमा संस्था दर्ता गरेर विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।

प्रकाशित : २०७६ चैत २९ गते १०:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI