खाडी र मलेसियामा ५० नेपाली कोरोना संक्रमित, १ काे मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २९ गते १७:००
खाडी र मलेसियामा ५० नेपाली कोरोना संक्रमित, १ काे मृत्यु

रोजगारीका लागि खाडी र मलेसिया पुगेका ५० जना नेपालीमा कोरोना संक्रमण भएकाे पुष्टि भएको छ। कोरोनाका कारण १ जनाको मृत्यु भएकाे छ भने ५ जना उपचारपछि निको भएका छन्।

संक्रमित ५० नेपाली मध्ये बहराइनमा २२, युएईमा १२, कुवेतमा ९, साउदीमा ४, कतारमा २ र मलेसियामा १ जना रहेका छन्।

युएईमा १२ जना नेपालीलाई कोरोना संक्रमण भएकोमा १ जनाको मृत्यु भएकाे छ। २ जना उपचारपछि निको भएका छन् भने बाँकी ९ जना उपचाररत छन्।

साउदीमा ४ जना नेपालीलाई कोरोना संक्रमणकाे पुष्टि भएकोमा ३ जना उपचारपछि काममा फर्किएका छन् भने १ जना उपचाररत छन्। स्रोत- नेपाल लाईभ डटकम

प्रकाशित : २०७६ चैत २९ गते १७:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI