कोरोना अपडेट : ईटाली भन्दा अमेरिकामा मृत्यु हुनेको संख्या धेरै

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २९ गते २२:१२
कोरोना अपडेट : ईटाली भन्दा अमेरिकामा मृत्यु हुनेको संख्या धेरै

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी पुगेको छ। अमेरिकामा मृत्यु हुनेको संख्या इटालीमाभन्दा पनि बढी पुगेको छ। शनिबार राती ९ बजेसम्मको तथ्यांक अनुसार अमेरिकामा कोरोना भाइरसको संक्रमणले १८ हजार ८ सय ८१ जनाको ज्यान गएको छ। इटालीमा मुत्यकको संख्या १८ हजार ८ सय ४९ पुगेको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर कोरोना भाइरसका कारण एक लाख ४ हजार ८ सय जनाको मृत्यु भएको छ। मृत्युसँगै अमेरिका संक्रमित धेरै हुने देशमा पनि पर्छ। ९ बजेसम्मको तथ्यांक अनुसार अमेरिकामा ५ लाख १ हजार ७ सय १ जना मानिस संक्रमित भएका छन्।

तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमित उपचारपछि निको भएर घर फर्किनेको संख्या ३ लाख ८९ हजार नाघेको छ। नेपाली समय अनुसार शनिबार बेलुका ९ बजेसम्म कोरोना भाइरस संक्रमित उपचारपछि निको भएर घर फर्किनेको संख्या ३ लाख ८९ हजार ६ सय ५१ पुगेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार संसारभर १७ लाख २१ हजार ३ सय ५३ जना संक्रमित भएका छन् । 

स्पेनमा संक्रमितको संख्या १ लाख ६१ हजार ८ सय ५२ पुगेको छ।  इटालीमा १ लाख ४७ हजार ५ सय ७७ जना संक्रमित भएका छन्। 

फ्रान्समा १ लाख २५ हजार ९ सय ३१ जना संक्रमित भएका छन्। जर्मनीमा संक्रमितको संख्या १ लाख २२ हजार ५ सय ३० पुगेको छ। 

९ बजेसम्मको तथ्यांक अनुसार विश्वभर १ लाख ४ हजार ८ सय मानिसको कोराना भाइरका कारण मुत्यु भएको छ। 

स्पेनमा मुत्यकको संख्या  १६ हजार ३ सय ५४ पुगेको छ। फ्रान्समा  १३ हजार १ सय ९७ जना मानिसको मुत्यु भइसकेको छ। युकेमा  मुत्यु हुनेको संखया  १३ हजार १ सय ९७ पुगेको छ। इरानमा ४ हजार ३ सय५७ जनाको मुत्यु भइसकेको छ। बेल्जियममा मुत्यु हुनेको संख्या ३ हजार ३ सय ४६ पुगेको छ। 

सार्क देशमा कोरोना संक्रमितको संख्या कुन देशमा कति 
भारतमा संक्रमितको संख्या ७ हजार ९ सय ९७ पुगेको छ। २ सय ४९ जनाको मुत्यु भइसकेको छ। 

पाकिस्तानमा शनिबारमात्र  ११ जनाको मुत्यु भएको  छ। यो सँगै पाकिस्तानमा मुत्यु हुनेको संख्या ७७ पुगेको छ। पाकिस्तानमा ४ हजार ९ सय ७० जना संक्रमित भएका छन्।  

अफगानिस्तानमा शनिबार ३ जनाको मुत्यु भएको छ। यो सँगै अफगानिस्तानमा मृतकको संख्या १८ पुगेको छ।  ५ सय ५५  जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। 

बंगलादेशमा शनिबार ३ जना मानिसको कोरोना भाइरसको संक्रमणबाट मुत्यु भएको छ। योसँगै मृतकको संख्या ३० पुगेको छ। ४ सय ८२ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। 

श्रीलंकमा  १ सय ९८ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। ७ जनाको मुत्यु भएको छ। 

माल्दिभ्समा अहिलेसम्म १९ जना संक्रमित भएका छन्। १३ जना मानिस उपचारपछि  निको भएर घर फर्किसकेका छन्। 

नेपालमा ९ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। १ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्। 

भुटानमा संक्रमितको संख्या ५ पुगेको छ। २ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

प्रकाशित : २०७६ चैत २९ गते २२:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI