No ads found for this position

यी हुन कोरोना संक्रमित भारतिय तीन पुरुष

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ३० गते १४:१४
No ads found for this position
यी हुन कोरोना संक्रमित भारतिय तीन पुरुष
No ads found for this position

काठमाडौं, ३० चैत्र । नेपालमा तीनजना नयाँ कोरोना भाइरसको संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरु वीरगंज छपकैयास्थित मस्जिदमा बस्दै आएका थिए र शंका लागी नारायणी अस्पताल वीरगंजमा आइशोलेशनमा राखिएका थिए । त्यही उनीहरुको थ्रोट स्वाब परीक्षण गरिएको थियो ।

२१ जनाको परीक्षण गरिएकोमा तीनजनाको पोजेटिभ देखिएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाको ल्याब परीक्षण गरिएको र पुन यकिन गर्न २९ चैत्रमा पुनः परीक्षण गरिएकोमा त्यहाँबाट पनि पोजेटिभ देखिएको थियो ।

स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरी कोरोना भाइरस संक्रमित तीनैजना पुरुष भएको र उनीहरुको उमेर ३७, ४४ र ५५ वर्षको रहेको जानकारी दिएको छ ।

उनीहरुको संसर्ग र गएको स्थान समेत पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्यहरु भइरहेको मन्त्रालयले जनाएको छ ।

संक्रमित को हुन्
दशौं संक्रमितः वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ३७ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको
एघारौं संक्रमितः वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ५५ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको
बाह्रौं संक्रमितः वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ४४ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको

प्रकाशित : २०७६ चैत ३० गते १४:१४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI