No ads found for this position

कोरोना प्रकोप : विदेशमा १४ नेपालीको मृत्यु, ६६५ मा संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ३० गते १५:४४
No ads found for this position
कोरोना प्रकोप : विदेशमा १४ नेपालीको मृत्यु, ६६५ मा संक्रमण
No ads found for this position

काठमाडौं। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संकलन गरेको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट बेलायतमा आठ, अमेरिकामा पाँच र संयुक्त अरब इमिरेट्समा एक जना नेपालीको मृत्यु भएको छ।      

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तर्गतको स्वास्थ्य समितिले तथ्याङ्क सार्वजनिक गरेको हो। समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार हालसम्म विभिन्न मुलुकमा रहेका ६६५ गैरआवासीय नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ।

विदेशस्थित नेपाली नियोग, गैरआवासीय नेपाली संघको शाखा तथा स्थानीय संघ/संस्थाद्वारा सङ्कलित सूचनाका आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरिएको उनले बताए।

अमेरिकामा ५००, बेलायतमा १००, स्पेनमा १८, यूएईमा १०, जर्मनीमा चार, पोर्तुगलमा आठ, अष्ट्रेलियामा नौ, साउदी अरेबियामा चार, कुवेतमा पाँच, जापान, मलेसिया, म्यानमार र हङकङमा एक/एक नेपालीमा कोरोना संक्रमण पुष्टि भएको कोभिड–१९ एनआरएनए उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले बताए। रासस

प्रकाशित : २०७६ चैत ३० गते १५:४४
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI