No ads found for this position

सफा सुन्दर हरियाली गैंडाकोटले पैदल यात्रीलाई नि:शुल्क खाना खुवाउदै

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ३० गते १६:३२
No ads found for this position
सफा सुन्दर हरियाली गैंडाकोटले पैदल यात्रीलाई नि:शुल्क खाना खुवाउदै
No ads found for this position

गैंडाकोट ।  लकडाउनका कारण हिँडेरै घर फर्किने पैदलयात्रीलाई गैंडाकोटमा नि:शुल्क खाजा र खानाको व्यवस्था गरिएको छ। लकडाउनका कारण होटलहरु नखुल्दा घर फर्कनेहरु समस्यामा परिरहेका बेला पुर्व पश्चिम महेन्द्रराजमार्ग भएर घर फर्कनेहरुका लागि गैँडाकोटमा खाना खाजाको व्यवस्था गरिएको हो । सफा सुन्दर हरियाली गैंडाकोटले नि:शुल्क खाना र खाजाको व्यवस्था गरेको हो ।

आइतबार विहानबाट शुरु भएको मेसमा पैदलयात्रीहरुका लागि खाना,खाजासहित पानीको बोतल समेत वितरण गएिको संयोजक गणेश सापकोटाले जानकारी दिए । मेसमा आएर खाना र खाजा खानेहरुको तस्विर खिच्न रोक लगाइएको उनले बताए । आफूहरुले पवित्र मनले समस्यामा रहेकाहरुलाई सहयोग गरेकाले तस्बिर खिचेर प्रचारवाजी गर्न रोक लगाइएको बताउँदै उनले पैदलयात्रीहरुका लागि केही दिन लगातार मेस चलाउने जानकारी दिए ।

प्रकाशित : २०७६ चैत ३० गते १६:३२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI