अजय पौडेल / गैंडाकोट
लकडाउनका कारण जनजीवन विस्तारै प्रभावित हुन थालेपछी गैंडाकोटका युवाहरु राहत वितरण कार्यमा जुट्ने भएका छन। काम गरेर विहान बेलुकाको दैनिकी जोहो गर्ने परिवार प्रभावित हुन थालेसंगै गैँडाकोटमा “विपतमा हामी अभियान”ले राहत अभियान कार्य अघि बढाउने भएको हो ।
अभियानका संयोजक गोकुल सापकोटाको नेतृत्वमा सोमबारदेखि राहत वितरण अभियान सुरु गरिने भएको छ । सोमबारदेखि छाक टार्न गाह्रो हुने परिवारलाई सहयोग गर्ने गरी काँग्रेस चोक, भेडाबारी चोकमा राहत वितरण सुरु गरिने अभियानका संयोजक सापकोटाले जानकारी दिनुभयो । अभियानले यसअघि गैँडाकोटका विभिन्न स्थानमा किटनाशक औषधी छरेको थियो ।
अभियानमा सह संयोजक गोपाल सापकोटा , आर्थिक संयोजक राम तिवारी , सल्लाहकार तारापती खरेल तथा राजेश पौडेल, बद्रि सापकोटा, सरोज चालिसे लगायतका गैंडाकोटका अन्य युवाहरूको सहभागिता रहेको छ ।
प्रकाशित : २०७६ चैत ३० गते १८:०२
No ads found for this position
Facebook Comment