No ads found for this position

भोलि बिहान आठ बजे राष्ट्रिय गान गाउन प्रधानमन्त्रीको आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ३० गते १८:४९
No ads found for this position
भोलि बिहान आठ बजे राष्ट्रिय गान गाउन प्रधानमन्त्रीको आग्रह
No ads found for this position

२० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोलि राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् ।

यो संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रम हो, जसमा प्रधानमन्त्री ओलीले पनि समर्थन गरेका छन् । ग्लोबल कम्प्याक्ट नेपालले भोलि नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आह्वान गरेको हो । त्यसपछि सबैले एकसाथ ताली बजाउनुपर्ने आह्वान छ ।

प्रधानमन्त्री ओलीले पनि यो अभियान आफूलाई राम्रो लागेको भन्दै सहभागी हुन आह्वान गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो । यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।’

प्रकाशित : २०७६ चैत ३० गते १८:४९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI