देवचुलीमा लागू औषध गाँजा सहित ३ पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ३० गते १९:५९
सांकेतिक तस्वीर

कावासोती । लकडाउनको मौका पारी लागुऔषध गाँजा ओसारपसार गर्नेलाई देवचुली बाट प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो १ बजेको समयमा देवचुली नगरपालिका ७ नवलपुर स्थित रामबास भन्ने स्थानमा उत्तरबाट दक्षिण तर्फ जादैँ गरेको बा ९४ प ७६६८ नम्वरको पल्सर मोटरसाइकल लाई शंका लागि चेकजााच गर्दा गाँजा लिएर आएका र गाँजा दिने व्यक्तिहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

मोटरसाइकल चालक देवचुली ४ बस्ने वर्ष ३५ का हाकु बि.क.,सोही ठाउँका २२ वर्षीय अर्जुन बि.क. र गाँजा दिने देवचुली ९ विशालटार स्थित हरियाली टोल बस्ने वर्ष ५५ को दिल बहादुर सारु लाई प्रहरीले पक्राउ गरेको हो ।

मोटरसाइकलमा सवार व्यक्तिहरुले काखमा च्यापी राखेको जुटको झोला भित्र प्लाष्टिकमा बेरेको २५० ग्राम लागुऔषध गाँजा फेला परेको थियो । लकडाउनको वेला कहाँबाट ल्याएको भनी सोधपुछ गर्दा सारु सँग किनेको भनि बताएको र त्यपछि सारुको घर खानतलासी गर्दा ७ किलो ग्राम गाँजा फेला पारी बरामद गरिएको डिएसपी मोहन बहादुर खांणले जानकारी दिनुभयो । उनीहरु उपर आवश्यक अनुसन्धान भई रहेको र आगुऔषध गाँजा शीषर्कमा मुद्दा चलाईने छ ।

प्रकाशित : २०७६ चैत ३० गते १९:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI