No ads found for this position

कोरोनाको उपचार पछि बेलायती प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ३० गते २१:०८
No ads found for this position
कोरोनाको उपचार पछि बेलायती प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज
No ads found for this position

एजेन्सी- कोरोना भाइरसको संक्रमण बढेर आइसियुमै भर्ना भएपछि बेलायती प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर विश्वभर चासाे र चिन्ता भयो। कोरोनाको संक्रमणको नतिजा त्यति सुखद नआइरहेको बेला घरमा आइसोलेसनमा बसेका जोन्सन एकाएक आइसियुमा पुग्नु सुखद संकेत पनि थिएन।

अस्पतालमा उनले होस् गुमाएनन्। अक्सिजनको सहायतामा उनको उपचार सुरु भयो। उनी अस्पतालको बेडमा रहँदा बेलायतमा कोरोनाको संक्रमण उच्च गतिमा बढिरहेको थियो।

उनको स्वास्थ्यसम्बन्धी अपडेट बेलाबखत आइरहेको थियो। अस्पताल र उनको कार्यालयबाट शनिबार उनको स्वास्थ्यमा सुधार आएको सूचना आयो। उनी आइसियु बाहिर आइपुगे। र आइतबार तीन दिनको आइसियु बसाइ टुंग्याउँदै उनी डिस्चार्ज नै भए। 

कोरोना संक्रमणविरुद्धको व्यक्तिगत लडाईं जितेर उनी निवास फर्किए पनि चिकित्सकले तत्काल काममा नफर्कन सुझाव दिएकाले उनी केही दिन आराम गरेर बस्ने बिबिसीले जनाएको छ।

बोरिसिको फियान्सी क्यारी साइमन्ड्सले टुइट गरेर उनको स्वास्थ्यलाई लिएर पठाएको शुभकामनाका लागि सबैलाई धन्यवाद दिइन्। उनी अहिले गर्भवती छिन्। २ महिनाभित्रमा आमा बन्दै गरेकी उनी समेत आइसोलेसनमा बसिरहेकी छिन्।

प्रकाशित : २०७६ चैत ३० गते २१:०८
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI