No ads found for this position

लक डाउन लागू गर्न नसकेको भन्दै टर्कीका गृहमन्त्रीले दिए राजिनामा

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १ गते १२:२७
No ads found for this position
लक डाउन लागू गर्न नसकेको भन्दै टर्कीका गृहमन्त्रीले दिए राजिनामा
No ads found for this position

एजेन्सी – टर्कीका गृहमन्त्री सुलेमान सोयलुले लकडाउन लागू गर्न नसकेको भन्दै पदबाट राजीनामा दिएका छन्। 

सरकारले शुक्रबार ४८ घन्टाको लागि लकडाउन घोषणा गरेपनि कार्यान्वयनमा आउन नसकेपछि गृहमन्त्री सोयलुले पदबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  

टर्कीले ३१ शहरमा लकडाउन घोषणा गरेको थियो। घोषणा लगत्तै त्यहाँ अराजकताको  अवस्था सिर्जना भएको थियो। 

टर्कीका नागरिक लकडाउन घोषणापछि पसल र बेकरीमा सामान किन्न गए। हेर्दाहेर्दै त्यहाँ अराजकताको स्थिति सिर्जना भएको थियो। 

प्रशासनले औषधि र रासन पानीका पसल बन्द नहुने बताएपनि नागरिकले लकडाउन पालना गरेनन्।  सरकारले पूर्वतयारीबिना अचानक लकडाउन घोषणा गरेको भन्दै विपक्षी दल र नागरिकले गृहमन्त्रीको चर्काे आलोचना गरेका थिए। 

इस्तानबुल सहरमा १ करोड ६० लाखभन्दा बढी मानिस बस्छन्। इस्तानबुलका मेयरले पनि ट्वीटरमा एक भिडियो पोस्ट गर्दै लकडाउनका बारेमा पूर्वजानकारी नभएको बताएका थिए। लगत्तै गृहमन्त्री सोयलुले सबै घटनाको जिम्मा आफूले लिने भन्दै ट्वीटरबाटै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। उनले लेखेका छन् ‘मैले जनताको सुरक्षाको लागि लकडाउन गर्ने निर्णय गरेको थिएँ। यो कदम संक्रमण रोक्नको लागि थियो।’ 

टर्कीमा मन्त्रीले पदबाट राजीनामा दिएको यो घटना सन् २०१३ पछिको पहिलो घटना हो। सन् २०१३ मा एक जना मन्त्रीले नागरिकको दवावपछि राजीनामा दिएका थिए।

टर्कीमा पनि कोरोना भाइरसको संक्रमण फैलिएको छ। आइतबारसम्म टर्कीमा ५६ हजार ९ सय ५६ जना मानिस संक्रमित भएका छन् भने १ हजार १ सय ९८ जनाको मुत्यु भइसकेको छ। राष्ट्रपतिले गृहमन्त्रीको राजीनामा स्वीकृत गरेका छैनन्।  

प्रकाशित : २०७७ वैशाख १ गते १२:२७
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI