No ads found for this position

निजामुदिन जमातबाट आएका दुईजना सुस्ताबाट पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १ गते १७:५७
No ads found for this position
निजामुदिन जमातबाट आएका दुईजना सुस्ताबाट पक्राउ
No ads found for this position

पश्चिम नवलपरासी । भारतको दिल्लीमा रहेको निजामुद्दिन तब्लिकी जमातको सभाबाट भागेर सुस्ता छिरेका २ जनालाई स्थानीयले समातेर भारतीय प्रहरीलाई जिम्मा लगाएका छन् ।

भारतबाट हिँडेर सुस्ताको बाटो नेपाल छिर्दै गरेका सुनसरी इनरुवा नगरपालिका कपडी बस्ने ६५ वर्षका अब्दुल मियाँ र सलामान मियाँ पक्राउ परेको स्थानीय अंगद यादवले जानकारी दिए ।

उनीहरु सभा सकिएको २१ दिनपछि भारतको महाराजगंजको करमिसवा हुँदै नेपालको सुस्ता आउँदै गर्दा सोमबार बिहान ६ बजे पक्राउ परेका हुन् । सुस्ता गाउँपालिका ५ का वडाध्यक्ष प्रभुनाथ यादवको टोलीले उनीहरुलाई पक्राउ गरेर भारतीय सुरक्षाकर्मीलाई बुझाइदिएको यादवले जानकारी दिए । नेपाल छिर्नुअघि सुस्तामा भारतीय सुरक्षाकर्मीले (भारत तर्फका) नेपाल प्रवेश गर्न दिएका थिए । वडाध्यक्ष यादवले उनीहरु नेपाल छिरेको जानकारी स्थानीयले दिनासाथ बिहानै समातेर भारतीय सुरक्षाकर्मीलाई बुझाइदिएको टेलिफोनमा जानकारी दिए ।

प्रकाशित : २०७७ वैशाख १ गते १७:५७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI