No ads found for this position

नेपाली फुटबलको २०७६ साल:वर्षभरिमा तीन गोल

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १ गते २०:४१
No ads found for this position
नेपाली फुटबलको २०७६ साल:वर्षभरिमा तीन गोल
No ads found for this position

स्विडिस प्रशिक्षक जोहान कालिन २०७५ को फागुन अन्तिम साता नेपाल आए । नेपाल आएको अर्काे महिनानै कालिन दुई मैत्रीपूर्ण खेल खेल्न वैदेशिक यात्रामा हिडे ।२०७६ सालको सुरुवातसँगै कालिनले धेरै भन्दा धेरै मैत्रीपूर्ण खेलको अनुभव र राम्रो नजिता निकाल्ने सर्त राखे । जसमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले समेत उनको आग्रहलाई पुरा गर्ने प्रतिबद्धता जनायो । नयाँँ वर्ष सुरु नहुँदै कुवेतविरुद्ध आएको मिश्रित नतिजाले कालिनको पहिलो वर्ष सुखद रहने अनुमान गरिएको थियो । तर, यस वर्षको अन्त्यतिर आईपुग्दा कालिन पूर्ण रुपमा असफल देखिएका छन् । कालिनले एन्फासँग दुई वर्षको सम्झौता गरेका छन् । उनले आफ्नो कार्यकालको एक वर्षे यात्रामा नेपाली टिमलाई ११ खेल खेलाए । यस वर्ष भने उनको नेतृत्वमा ९ खेल खेल्यो । जसमा ५ आधिकारीक खेल थिए भने ४ मैत्रीपूर्ण खेल रहेका छन् । यस वर्ष खेलको ९ खेलमा नेपालले एक मात्रै जित निकालेको छ । यस्तै एक खेलमा बराबरीको नतिजा आएको छ । यहाँ कानिललाई मात्रै आरोप लगाउनु मुर्खता हुनेछ । किनभने कालिनले सुरुवातबाटै भन्दै आएका थिए । हामीलाई जतिसक्दो धेरै मैत्रीपूर्ण खेल खेल्न दिनुपर्छ । सँगै खेलाडीलाई बढि भन्दा बढि क्लोज क्याम्पमा राख्नु पर्छ । तर, फुटबलको आधिकारीक निकाय एन्फाले वर्षभरमा नेपाली टोलीलाई ४ मैत्रीपूर्ण खेलको मात्र व्यवस्था गर्याे ।

७६ साललाई फर्केर हेर्दा नेपालको सिनियर पुरुष टिमले वर्षभरमा ३ गोल मात्रै गर्याे । जुन एकै टोलीविरुद्ध भएको थियो । वर्षभर ९ खेल खेलेको नेपालले ७ खेलमा कुनै गोल गर्ने सकेन । ठिक विपरित २३ गोल व्यहोर्यो । नेपाली राष्ट्रिय टिमका लागि पनि यस वर्ष सुखद रहेन । यस वर्ष सिनियर र जुनियरमा कुनै उपलब्धि पनि भएन । यू-२३ टिमले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्नुनै सबैभन्दा ठुलो सफलता रह्यो । सिनियर महिला टिमबाट मिश्रित नतिजा आउँदा यू-१६ र यू-१९ महिला टिमबाट सोचेजस्तो नतिजा आएन । यता, पुरुष उमेर समूहमा नेपाल पूर्ण रुपमा असफल भयो ।

अघिल्ला दुई संस्करणको साफ यू-१८ को उपाधि चुमेको नेपाल यस पटक समूह चरणबाटै बाहिरिएको थियो । यो समस्या यू-१५ मा पनि देखियो । यस्तै एएफसी यू-१६ र यू-१९ मा पनि युवा टिम सफल हुन सकेन । सिनियर टिमको लागि अन्जन बिष्टले दुई गोल गर्दा अर्का युवा स्टार अभिषेक रिजालले एक गोल गरे । दुवै खेलाडीले चाईनिज ताईपेविरुद्ध गोल गरेका थिए । कालिनले जेठ २४ गते दोस्रो मैत्रीपूर्ण खेल अन्तर्गत चाईनिज ताईपेविरुद्धको खेल पाएको थियो । सुरुवातमै एक गोलले पछि परेको नेपाललाई अभिषेक रिजालले गोल गर्दै हारबाट टारे । पहिलो पटक प्लेईङ सेटमा खेलेका अभिषेकले आफ्नो दोस्रो खेलमै गोल गरेका थिए । भदौ महिनामा नेपालले पहिलो जित निकाल्यो । फिफा विश्वकप छनोट २०२२ अन्तर्गत समूह बीको खेलमा नेपालले चाईनिज ताईपेविरुद्ध सुखद नजिता निकाल्यो । युवा स्टार अन्जन विष्टले पहिलो हाफमा लगातार दुई गोल गर्दा प्रतियोगिताको पाचौं खेलमा नेपालले ३ अंक जोडेको थियो । नेपालले जेष्ठ १९ मा पहिलो मैत्रीपूर्ण खेलको रुपमा मलेसियासँग खेल्यो । मलेसियाको होम मैदानमा भएको खेल नेपालले २–० ले गुमायो । ५ दिनपछि चाईनिज ताईपेविरुद्ध भएको खेलमा भने नेपालले १–१ को बराबरी गर्याे । यस खेलमा अभिषेक रिजालले बराबरी गोल फर्काएका थिए । भदौमा नेपालले एक मैत्रीपूर्ण सहित तीन खेल खेल्यो । भदौ ९ गते भएको मैत्रीपूर्ण खेलमा नेपालले मलेसियाको लिग च्याम्पियन जोहोर दारुल टाजिमविरुद्ध १–० को नतिजा सुम्पियो । फिफा विश्वकप छनोट अन्तर्गत भदौ १९ गते भएको खेलमा नेपालले कुवेतसँग खराब नतिजा निकाल्यो । नेपालले ७–० ले खेल गुमायो । जुन खेललाई एएफसीले मिलेमतोको शंका समेत गर्याे । त्यसको ५ दिन पछिनै अवे खेलमा चाइनिज ताईपेलाई २–० गोलले पराजित गर्याे । अन्जन विष्ट नायक बनेपछि नेपालले पहिलो पटक प्रतियोगितामा अंक पाएको थियो । यस्तै असोज २३ मा नेपालले एसियाली पावर हाउस अष्ट्रेलियाविरुद्धको खेल ५–० ले खेल गुमायो । यसको ५ दिनपछिनै पुनः जोर्डनसँग नेपाल ३–० ले पराजित भयो ।
त्यसपछि नेपाली टिम फेरि एक मैत्रीपूर्णको लागि म्यानमार गएको थियो । तर, नेपालले म्यानमारविरुद्धको खेल ३–० ले गुमाएको थियो । नेपालको वर्षको अन्तिम खेल कुवेतविरुद्ध रह्यो । जुन खेल नेपालले होम मैदानमा खेल्नुपर्ने थियो ।

तर, निर्माणाधीन दशरथ रंगशाला पूर्ण रुपमा तयार नहुँदा नेपालले भुटानको चाम्लिमिथाङ रंगशालालाई होममैदान बनाउन बाध्य भयो । भुटानमा प्रभावशाली प्रदर्शन गरेको नेपाली टिम १–० ले पराजित भएको थियो । विश्वकप छनोट अन्तर्गत नै नेपालले चैतमा दुई होम गेम खेल्ने तय रहेको थियो । तर, कोरोना भाईरसको महामारीको कारण अष्ट्रेलिया र जोर्डनसँगको खेल स्थगित भएको थियो ।

प्रकाशित : २०७७ वैशाख १ गते २०:४१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI