वर्ष २०७६ : एकदिवसीय क्रिकेटमा विकेट लिने नेपाली बलरहरु

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १ गते २१:२३
वर्ष २०७६ : एकदिवसीय क्रिकेटमा विकेट लिने नेपाली बलरहरु

काठमाडौं । विस २०७६ सालमा नेपालले निकै कम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्यो । अघिल्लो वर्ष ६ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेको नेपालले ७६ को वर्ष भने मात्र ४ खेल मात्र खेल्यो । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको आफ्नो पहिलो सिरिज खेल्नु बाहेक नेपालले अन्य एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न पाएन । सिरिजमा नेपालले अमेरिका र ओमानलाई आतिथ्यता प्रदान गर्यो । नेपालले खेलेको ४ खेलमा समेत ओमानसँग पराजित हुँदा अमेरिकालाई पराजित गर्यो । तर, नेपालले पहिलो पटक घरेलु मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै इतिहास रच्यो । त्यस बाहेक नेपालले खासै उपलब्धि एकदिवसीय अन्तर्राष्ट्रियमा हात पार्न सकेन । नेपालले खेलको ४ खेलमा मात्र ५ बलरले विकेट लिन सफल रहे । २०७६ सालमा नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विकेट लिने खेलाडीको व्याख्या तल गरिएको छ ।

सुशन भारी

७६ सालमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको सर्वाधिक विकेट लिने खेलाडी हुन् सुशन भारी । उनले ४ खेलमा ११ विकेट हात पार्न सफल भए । एकदिवसीय अन्तर्राष्ट्रियमा सुशनको ३ दशमलब ३९ को इकोनमी रहेको छ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको पहिलो खेलमा सुशनले ओमानविरुद्ध डेब्यु गरेका थिए । डेब्यु खेलमा उनले ३ विकेट हात पार्दै सुखद सुरुवात गरे । यस्तै उनले दोस्रो खेलमा अमेरिकाविरुद्ध पुन: ३ विकेट हात पर्दा ओमानसँगको खेलमा १ विकेट हात पारे । अमेरिकासँगको अन्तिम खेलमा सुशनले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय करियरको सर्वाधिक सफल बलिङ गर्दै ४ विकेट हात पारे ।

सन्दीप लामिछाने

सन्दीपले ७६ सालमा ४ खेलमा ८ विकेट हात पार्न सफल भए । सन्दीपले खेलेको ४ खेल मध्ये २ खेलमा भने विकेट विहिन रहेका थिए । उनले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्धको दुवै खेलमा विकेट लिन सकेनन् । अमेरिकाविरुद्ध भने सन्दिपले सानदार बलिङ गरे । पहिलो खेलमा अमेरिकाको २ विकेट लिएका उनले दोस्रो खेलमा एक्लैले ६ विकेट लिएका थिए । उक्त ६ विकेट लिंदा सन्दीप एसोसियट राष्ट्रको लागि उत्कृष्ट बलिङ खेलाडीको कीर्तिमान बराबरी गरे । सन्दीपले अमेरिकाविरुद्धको दोस्रो खेलमा ६ ओभर बलिङ गर्दै १ मेडेनका साथ १६ रन खर्चेर ६ विकेट लिएका थिए । अमेरिकाविरुद्ध कीर्तिमानी जित निकाल्न मुख्य भूमिका खेलेका सन्दीप म्यान अफ द म्याच समेत बनेका थिए ।

करण केसी

नेपालका उत्कृष्ट अलराउण्डर करण केसीले समेत ८ विकेट लिए । करणले ओमान र अमेरिकाविरुद्धको पहिलो खेलमा समान ४/४ विकेट लिएका थिए । नेपालको लागि दुवै खेलमा सर्वाधिक विकेट लिएका करण अमेरिकाविरुद्ध जित दिलाउन मुख्य भूमिका खेलेका थिए । तर पहिलो खेलमा ओमानको ४ महत्वपूर्ण विकेट लिएपनि नेपाललाई जित दिलाउन भने सफल रहेनन् ।
नेपालका अर्का भरपर्दा अलराउन्डर सोमपाल कामी अनुपस्थित सिरिजमा करणले फास्ट बलिङको जिम्मा सम्हालेका थिए ।

कुशल मल्ल

एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका कुशल मल्ल नेपालको लागि सर्वाधिक विकेट लिने चौथो खेलाडी हुन् । उनले ३ खेलमा २ विकेट लिएका थिए । कुशलले दुवै विकेट क्लिन बोल्ड गर्दै लिएका थिए । अमेरिकाविरुद्ध, डेब्यु खेलमा उनले आफ्नो पहिलो विकेट लिएका थिए । एल्मोरे हट्चिन्सनलाई कुशलले एकदिवसीय अन्तर्राष्ट्रियको पहिलो सिकार बनेका थिए । लगत्तै उनले ओमानविरुद्धको खेलमा समेत एक विकेट लिन सफल भएका थिए । ओमानका ओपनर तथा आक्रमक ब्याट्सम्यान जतिन्दर सिंहलाई उनले बोल्ड गर्न सफल भएका थिए।

दिपेन्द्र सिंह ऐरी

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको लागि २०७६ सालमा विकेट लिने अन्तिम खेलाडी रहे । ऐरीले ४ खेलमा १ विकेट लिन सफल भए । राष्ट्रिय टिमका उपकप्तान समेत रहेका ऐरीले ओमानविरुद्धको पहिलो खेलमा १ विकेट लिन सफल भएका थिए । ऐरीले ओमानका बादल सिंहलाई रोहितको हातबाट क्याच गराएका थिए । उपकप्तान ऐरीले एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको लागि ठुलो योगदान भने दिन सकेनन् । उनले खेलेको ४ खेलमा २ पटक डक आउउट भएका थिए ।

प्रकाशित : २०७७ वैशाख १ गते २१:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI