आज चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना, सतर्कता रहन आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २ गते ७:५६

हाल देशमा स्थानीय वायुको प्रभाव सँगसगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशको पश्चिमी पहाडी भूभाग तथा पूर्वी भूभाग आँशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आँशिक बदली रहेको छ। यस्तै मध्य भूभागमा हल्का बर्षा भैरहेको छ । महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहने छ भने देशका केही स्थानहरुमा मेघगर्जन तथा चट्याङ्ग र हावाहुरी सहित वर्षाको संम्भावना रहेको छ।

यस्तै राति देशको पहाडी भूभागमा आँशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आँशिक बदली रहने छ भने मध्य र पश्चिमका पहाडी भूभागका थोरै स्थानहरुमा र पूर्वका एक दुइ स्थानमा मेघगर्जन तथा चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। यसैगरी बुधबार दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रहने छ। देशका थोरै स्थानहरुमा मेघगर्जन तथा चट्याङ्ग र हावाहुरी सहित वर्षाको संम्भावना रहेको छ।

राती देशको पुर्वी भूभाग र मध्य तथा पश्चिमका पहाडी भूभागमा आँशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आँशिक बदली रहने छ। मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिमका पहाडी भूभागका एक दुइ स्थानमा मेघगर्जन चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। यसैगरी बिहीबार देशको पहाडी भूभागमा आँशिक देखि सामान्य बदली रहने छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
यसैगरी राति देशको पश्चिमी पहाडी भूभागमा आँशिक बदली र मध्य तथा पुर्वी भूभागमा आँशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशको मध्य पहाडी भूभागमका एक दुइ स्थानमा दिउँसो र राति मेघगर्जन तथा चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।महाशाखाका पहाडी भूभागमा गर्जन तथा चट्याङ्ग र हावाहुरि सहित क्षणिक वर्षा हुन सक्ने देखिएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित : २०७७ वैशाख २ गते ७:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI