बालुवा चोर्न जाँदा ट्र्याक्टरबाट खसेर मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २ गते १०:२१
बालुवा चोर्न जाँदा ट्र्याक्टरबाट खसेर मृत्यु

कावासोती । पूर्वी नवलपरासीको विनयी त्रिवेणीमा रहेको विनयी खोलामा सोमबार राति बालुवा चोर्न जाने क्रममा ट्याक्टरबाट खसेर एक जना मजदुरकाे मृत्यु भएको छ ।
सोमबार राति १ बजेको समयमा विनयी खोलाबाट बालुवा चोर्न जाने क्रममा विनयी त्रिवेणी वडा नं. ३ बस्ने बर्ष २६ का प्रविन चौधरी ट्याक्टरबाट खसेर घाइते भएका थिए ।
घाइते भएका चौधरीको रातिनै भरतपुर अस्पतालमा उपचारको लागी लगिएको थियो ।
चौधरीको उपचारको क्रममा मंगलबार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । चौधरी राती लु ३ त ९१८३ नम्वरको ट्याक्टरमा विनयी खोलाको बालुवा लोड गर्न गएका थिए । लकडाउन बढे सँगै खोलाजन्य पदार्थको तस्करी नवलपरासीमा बढेको हो ।

प्रकाशित : २०७७ वैशाख २ गते १०:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI