ब्रेकिङ्ग न्युज : लकडाउन वैशाख १५ गते सम्म बढाउने मन्त्री परिषदको निर्णय

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २ गते १५:१३

सरकारले लकडाउन वैशाख १५ गते सम्म लम्बाउने निर्णय गरेको छ । आज बसेको मन्त्री परिषदको बैठकले लक डाउन थप्ने निर्णय गरेको हो । आजकोनिर्णय अनुसार सिमा नाका र अन्तराष्ट्रिय उडान वैशाख १८ सम्म बन्द रहने छ्न ।
सरकारले पहिलो पटक चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरेको थियो । चैत १७ गते बसेको मन्त्रिपरिषद् बैठकले आठदिन थपेर चैत २५ गतेसम्म पुर्‍याएको थियो । उच्चस्तरीय समितिको १६ औं बैठकले पारिवारिकरूपमा खेती–बालीको काम गर्न दिने, राष्ट्रिय गौरवका आयोजनाभित्र काम गर्न दिनेगरी केही खुकुलो पार्ने निर्णय गरेको थियो । तर, सुदूरपश्चिम प्रदेशमा एकसाथ तीनजनामा सङ्क्रमित फेला पर्दै कोरोना नयाँ चरणमा प्रवेश गरेपछि चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले थप आठदिन लम्ब्याउने निर्णय गरेको थियो ।

प्रकाशित : २०७७ वैशाख २ गते १५:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI