नवलपुरमा र्‍यापिड टेस्ट गरिएका सबैको रिपोर्ट नेगेटिभ : आज सम्म १ सय ८० जनाको परिक्षण

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २ गते १८:१०
नवलपुरमा र्‍यापिड टेस्ट गरिएका सबैको रिपोर्ट नेगेटिभ : आज सम्म १ सय ८० जनाको परिक्षण

कावासोती । कोरोना भाइरसको प्रकोप बढे सँगै पुर्वी नवलपरासीमा पनि शंकास्पद व्यक्तिहरु र्‍यापिड टेस्टमा तिब्रता दिईएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।


जिल्लामा हाल सम्म १८० जना र्‍यापिड टेस्ट गरिएको र सबै परिणाम नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य प्रमुख केशवप्रसाद चापागाईले बताए । चापागाईंका अनुसार मङ्गलबार गैंडाकोटमा ५जना, देबचुलीमा ५ जना, मध्यबिन्दुमा २० जना, बिनयी त्रिबेणीमा २ जना, हुप्सेकोटमा ३ जना, बुलिङटारमा १ जना र बौदीकालीमा ४ जना गरि ४० जनाको परिक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको छ ।


यसै गरि मङ्गलबारनै गैंडाकोटका १ जना र कावासोतीका २ जना गरी ३ जनाको घाँटीको स्वाबको रिपार्ट आएकोमा तीनै नमूनाको रिपार्ट नेगेटिभ आएको चापागाईंले बताए ।
हालसम्म नवलपुरमा २४ जनाको घाँटीको स्वाब परिक्षण गरिएकोमा सबै नमूना नेगेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईले बताए ।  

प्रकाशित : २०७७ वैशाख २ गते १८:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI