आरडिटी टेष्टमा दक्षिण कोरियाबाट फर्केका धादिङका एक व्यक्तिमा कोरोना पोजेटिभ

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २ गते १८:१५
आरडिटी टेष्टमा दक्षिण कोरियाबाट फर्केका धादिङका एक व्यक्तिमा कोरोना पोजेटिभ

धादिङको ज्वालामुखी गाउँपालिकाको ढोला स्वास्थ्य चौकीमा गरिएको र्‍यापिड टेष्टमा एकजना व्यक्तिमा कोरोना भाइरस देखिएको छ । ज्वालामुखी गाउँपालिका अन्तरत वडा नं ३ मा रहेको मैदी स्वास्थ्य चौकीमा गरिएको परीक्षणमा दक्षिण कोरियाबाट गत फागन २० गते फर्किएका व्यक्तिमा कोरोना देखिएको हो ।

कोरोना देखिएका व्यक्तिको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । उहाँलाई जिल्ला अस्पताल धादिङबेसीको आइसोलेसनमा राख्ने तयारी भइरहेको छ । आइसोलेसनमा राखेपछि उहाँको थ्रोट स्वाबलाई थप परीक्षणको लागि टेकु अस्पताल पठाइने स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार टेकु अस्पतालले परीक्षण पश्चात पुष्टि गरेमा हामीले ज्वालामुखी गाउँपालिकामा विशेष अभियान चलाउने तयारी गरेका छौँ ।
र्‍यापिड टेष्टमा पोजेटिभ देखिएका व्यक्तिमा पनि विस्तृत परीक्षणमा नेगेटिभ देखिन सक्ने भएकाले आतङ्कित नहुन र थप सचेत भएर बस्न पौडेलले आग्रह गर्नुभएको छ ।

र्‍यापिड टेष्टको लागि धादिङमा ३ सय किट ल्याइएको थियो । जसमध्ये २ सय ५० वटा परीक्षण भइसकेको छ ।

प्रकाशित : २०७७ वैशाख २ गते १८:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI