आरटिडि गर्दा काभ्रेमा पनि दुई जनामा पोजिटिभ

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २ गते १८:३१
आरटिडि गर्दा काभ्रेमा पनि दुई जनामा पोजिटिभ

काभ्रेमा दुई जना युवकमा र्‍यापिड टेस्ट गर्दा एन्डिबडी नतिजा पोजेटिभ देखिएको छ। गत चैत ८ गते भारतबाट आएका बेथानचोक गाउँपालिकाका २८ वर्षीय युवकमा र्‍यापिड टेस्ट गर्दा पोजेटिभ देखिएको वडा नम्बर-५ का वडाध्यक्ष खजेन्चीबहादुर लामाले जानकारी दिए।

उनले पोजेटिभ देखिएपछि युवकलाई थप परीक्षणको लागि धुलिखेल अस्पताल पठाइएको बताए। युवक भारतको गोवाबाट गत चैत ८ गते तीन जना साथीसँग घर आएका थिए। उनका दुई जना साथीको नतिजा भने नेगेटिभ आएको छ। उनका परिवारको सदस्यको पनि परीक्षण भइरहेको लामाले बताए। गत चैत ७ गते दुबईबाट आएका काभ्रेको मण्डनदेउपुर नगरपालिकाका-२१ वर्षीय युवकमा पनि र्‍यापिड टेस्ट गर्दा पोजेटिभ हो कि भन्ने अन्यौल भएपछि उनलाई पनि धुलिखेल अस्पताल पठाइएको छ। वडा नम्बर ३ का वडाध्यक्ष दिलबहादुर तामाङले भने, ‘उहाँको नतिजा प्रष्ट आएन। पोजेटिभ हो कि भन्ने भयो। त्यसैले थप परीक्षणको लागि धुलिखेल अस्पताल पठाएका हौं।’ युवक दुबईबाट आएर दुई दिन घरमै बसेका थिए। त्यसपछि नगरपालिकाले उनलाई क्वारेन्टाइनमा राखेको थियो। उनको परिवारमा भएका चार जना सदस्यको पनि परीक्षण गर्ने तयारी गरिएको छ।


सेतोपाटि बाट

प्रकाशित : २०७७ वैशाख २ गते १८:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI