र्‍यापिड टेस्टमा वाग्मती प्रदेशका ६ जनामा पोजिटिभ देखियो

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २ गते २२:५५
र्‍यापिड टेस्टमा वाग्मती प्रदेशका ६ जनामा पोजिटिभ देखियो

भारत तथा तेस्रो मुलकबाट आएका व्यक्तिहरुको -यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षण गर्दा बाग्मती प्रदेशका विभिन्न जिल्लामा गरी छ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
कोरोना भाइरसका शङ्कास्पद विरीमीहरुको आरडीटी परीक्षण गर्दा धादिङ, काठमाडौँ र काभ्रेपलाञ्चोक जिल्लामा गरी छ जनामा पोजेटिभ पाइएको हो ।
हालसम्म बाग्मती प्रदेशका विभिन्न जिल्लामा गरी आरडीटी परीक्षण ९०७ जना गरिएकोमा बाग्मती प्रदेश अस्पताल विकास तथा चिकित्सा सेवा निर्देशनालयका निर्देशक डा. पुरुषोत्तमराज सेढाईले काठमाडौँमा तीन जना, काभ्रेमा दुई जना र धादिङका एक जना कोरोना भाइरसका शङ्कास्पद विरीमीहरुको आरडीटी परीक्षण गर्दा पोजेटिभ पाइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार काठमाडौँका तीन जनामध्ये दुई जनाको स्वाब परीक्षण (पीसीआर टेष्ट) गर्दासमेत पोजेटिभ रिपोर्ट आएको छ ।
काठमाडौँका एकसहित काभ्रे र धादिङका गरी चार जनाको पीसीआर टेष्ट गर्न बाँकी रहेको सामाजिक विकास मन्त्रालयका प्रबक्तासमेत रहनु भएको सेढाईले भन्नुभयो ।
मङ्लबार -यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएकामा धादिङको ज्वालामुखी गाउँपालिकाका २७ वर्षीय पुरुष हुनुहुन्छ । उहाँ दक्षिण कोरियाबाट गत फागुन २० गते फर्किनु भएको जनाइएको छ ।
यस्तै आरडीटी परीक्षण गर्दा काभ्रेपलान्चोकस मण्डन देउपुर गाउँपालिकाका २३ वर्षीय पुरुष र अर्का बेथानचोक गाउँपालिका २८ वर्षीय पुरुषको रिरपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
मण्डन देउपुर गाउँपालिकाका पोजेटिभ देखिएका दुबई र बेथानचोकका भारतबाट फर्किनु भएको हो ।
आरुडीटी रिपोर्ट पोजेटिभ आएका काभ्रे र धादिङका तीनै जनालाई आइसोलेसनमा राख्ने व्यवस्था गरिएको छ । उहाँहरुको पीसीआर परीक्षण गर्न बाँकी रहेको छ । यसैबीच मङ्गलबार पर्सा जिल्लाका ३८ र मकवानपुरको एक गरी ३९ जनाको स्वाब परीक्षणका लागि कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित कोरोना प्रयोगशालामा ल्याइएकोमा २१ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ प्राप्त भएको छ ।
बाँकी स्वाब परीक्षणको क्रममा रहेको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित कोरोना प्रयोगशालामा हालसम्म १५४ जना कोरोना भाइरसका शङ्कास्पद विरामीको स्वाब परीक्षण गरिएकोमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासमेत परीक्षण गर्दा तीन जनाको रिपोर्ट पोजेटिभ र बाँकीको नेगेटिभ रिपोर्ट प्राप्त भएको छ ।

गोरखापत्र अनलाइनबाट

प्रकाशित : २०७७ वैशाख २ गते २२:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI