काठमाडौं, ३ वैशाख । देशमा पछिल्लो तीन दिनमा सातजना नयाँ कोरोना भाइरसका संक्रमित पत्ता लागेका छन् । कुल १४ संक्रमितमध्ये तीन दिनमा संख्या दोब्बर भएपछि शतर्कता बढाइएको छ । टेष्टका दायरा बढाइएपछि संक्रमित संख्या बढ्ने यस सम्बन्धि उपचार र टेष्ट गरिरहेकाहरुले जानकारी दिएका छन् । पछिल्लो समय पत्ता लागेका नयाँ संक्रमितमध्ये अधिकांश लकडाउनका समयमा नेपाल प्रवेश गरेका हुन् । सरकारले लकडाउन गरेर सीमामा कडाई गरेपछि पनि उनीहरु कसरी प्रवेश गरे भन्ने विषय गम्भीर बनेको छ ।
वीरगञ्जको छपकैयास्थित मस्जिदमा भेटिएका तीनजना संक्रमित भारतीय नागरिक लकडाउनको समयमा सीमा काटेका थिए । उनीहरु संक्रमित भेटिएपछि सरकारले लकडाउनमा विदेशीलाई आश्रय दिनेलाई समेत कारबाही गर्ने निर्णय गरेको छ । वीरगञ्जमा पत्ता लागेका भारतीय नागरिकबारे ३० चैत्रमा सरकारले आधिकारिक जानकारी गराएको हो । उनीहरु दशौं, एघारौं र बाह्रौं संक्रमित हुन् ।
१३ औं संक्रमित रौतहटका १९ वर्षीय युवकको १ वैशाखमा पत्ता लागेको हो । उनी भारतबाट लकडाउनका समयमा लुकिछिपी प्रवेश गरेको खुलेको छ । इशनाथ नगरपालिका ५ मोतिपुरका ती युवक दिल्लीाट फर्किएको पुष्टि भइसकेो छ । १४ औं संक्रमित कैलालीकी ६५ वर्षीया महिलाको लम्किचुआ नगरपाकिलामा १ वैशाखमा पत्ता लागेको हो । उनी वीरगञ्जबाट बसको यात्रा गरी कैलाली पुगेकी हुन् । उनीपनि तीर्थयात्राबाट फर्किएको बुझिएको छ । यसैगरी सरकारले २ वैशाखमा थप दुईजना संक्रमितबारे पुष्टि गरेको छ । १५ औं संक्रमित काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ५८ वर्षीय पुरुषको २ वैशाखमा पत्ता लागेको हो । उनी बेलायतबाट फर्केका परिवारका सदस्य हुन् । १६ औं संक्रमित काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ८१ वर्षीया महिलाको २ वैशाखमा पत्ता लागेको हो । उनीपनि बेलायतबाट फर्केका परिवारका सदस्य हुन् ।
प्रकाशित : २०७७ वैशाख ३ गते ९:१५
Facebook Comment