सनसिटीका २९८ जनामा कोरोनाको र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ३ गते १७:२२
सनसिटीका २९८ जनामा कोरोनाको र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ

काठमाडौं- काठमाडौंको पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि गरिएको र्‍यापिड परीक्षणमा कसैमा पनि कोभिड-१९ संक्रमण नभएको पाइएको छ। सनसिटीका २ सय ९८ जनाको र्‍यापिड परीक्षण गरिएपनि कसैमा पनि पोजेटिभ नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। 


‘सनसिटीमा २ सय ९८ जनाको आरडिटी गरिएको हो। सबैको रिपोर्ट नेगेटिभ आएको छ,’ डा देवकोटाले भने। 

र्‍यापिड परीक्षणमा पोजेटिभ देखिएका अर्का एक व्यक्तिको भने रिपोर्ट नेगेटिभ आएको समेत उनले जानकारी दिए। हालसम्म नेपालमा १६ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ। उनीहरु सबैको अवस्था सामान्य रहेको डा देवकोटाको भनाइ छ।

प्रकाशित : २०७७ वैशाख ३ गते १७:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI