दुम्किबासको कामना सेवा बैंकले दियो विपन्न परिवारलाई खाद्य सामग्री

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ३ गते १९:४०
दुम्किबासको कामना सेवा बैंकले दियो विपन्न परिवारलाई खाद्य सामग्री

कावासोती । पूर्बि नवलपरासीको दुम्किबासमा रहेको कामना सेवा विकास बैंकले बिनयीत्रिबेणी गाँउपालिकामा रहेका विपन्न परिवारलाई खाद्य सामग्री दिएको छ ।


हाल लक डाउनको कारण दैनिक जिवन कष्ठकर बन्दै गएकाले गाउँपालिका भित्र रहेका गरिब तथा विपन्न वर्गलाइ लक्षित गर्दै बुधबार गाँउपालिका मार्फत खाद्य सामग्री दिएको कामना सेवा विकास बैंक दुम्किबास शाखाको प्रमुख दिपेन्द्र अर्यालले जानकारी दिए ।

बैंकले चामल ३ सय किलो, मसुरोको दाल ६० किलो , नुन ३० प्याकेट, सोयाबिन ३० प्याकेट , तेल १५ लिटर , मसला ३० प्याकेट , . साबुन ३० पिस र मास्क १२० पिस दिएको शाखा प्रमुख अर्यालले बताए ।

कामना सेवा विकास बैँकको अन्य शाखाहरुले पनि देश नै कोरोना संक्रमण र लकडाउनको अवस्थामा गुज्रेको समयमा विपन्न परिवारलाई राहतको काममा राज्यलाई सहयोग गदै आएको छ ।

प्रकाशित : २०७७ वैशाख ३ गते १९:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI