आजको मौसम पूर्वानुमानः असिना र हावाहुरीसहित वर्षाको सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ४ गते ९:२४
आजको मौसम पूर्वानुमानः असिना र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं, बैशाख ४ । बिहीबार दिउँसो देशभरको मौसममा आंशिक देखि सामान्य बदली हुने देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्विमी वायुको आंशिक प्रभाव कायमै रहेकोले वेलुकासम्म देशका मध्य र पूर्वका केही स्थान तथा पश्विमी नेपालका थोरै स्थानहरुमा हावाहुरीसहित मेघगर्जन र चट्याङ्ग पर्न सक्ने सम्भावना रहेको जनाइएको छ ।

पश्चिम नेपालका पाहाडी भेगमा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले सावधानी अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।त्यस्तै, आजराति देशभर आंशिक देखि सामान्य बदली रहने समेत अनुमान गरिएको छ ।

प्रकाशित : २०७७ वैशाख ४ गते ९:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI