तपाईको आजको राशिफल

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ५ गते ६:४३
तपाईको आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ । व्यापार व्यवसायमा मन्दि आउने तथा घाटा लाग्नेछ । आफन्त तथा घरपरिवारका साथ समय व्यतित हुनेछ । स्वअध्ययनले वौद्धिक क्षेत्र फराकिलो हुनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगती भएर जानेछ । प्रेम तथा मित्रताको गाँठो कसिलो भएर जानेछ । तरपनि स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

भौतिक वस्तु तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । आफन्त तथा साथीभाईसँग मनमुटाव सिर्जना हुने योग रहेको छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ । साँझपख धर्म कर्ममा ध्यान जानेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । अध्ययन,लेखन,कलासाहित्य तथा गीत संगीतमा चासो बढ्नेछ । प्रेम सम्बन्धमा विस्वासको वातावरण बढ्नेछ । साँझपख भौतिक सम्पत्ती प्रयोग गर्दा ख्याल गर्नुहोला । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । स्वअध्ययनले पढाई लेखाईमा गरीएको मिहेनतबाट भनेजस्तो प्राप्ताङ्क हात पार्न सकिनेछ । राम्रोसँग मिहेनत गर्नेहरुका लागि समय फलदायी रहनेछ । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पढाई लेखाईमा अरुभन्दा एक कदम अगाडि बढी नतिजा आफैँतिर ल्याउन सकिनेछ । सन्तान तथा छोराछोरीको प्रगतीमा मन रमाउनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धीत व्यवसायमा मन्दि आउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

विशेष तथा गोप्य योजनाहरु केही दिन पछि मात्र सार्वजनिक गर्नुहोला । आफन्त तथा अग्रजसँग सैद्धान्तीक विषयमा राय बाजिनेछ । प्रेममा अविश्वास बढ्ने योग रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधीको प्रयोग मार्फत माया प्रेममा भावना साटासाट गर्न पाईनेछ । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

उद्योग तथा उत्पादन मुलक क्षेत्रमा मन्दि आउने तथा घाटा लाग्नेछ । लेखन,कला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागि समय फलदायी रहेको छ । प्रेममा सामिप्यता बढेर जानेछ । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यापारबाट घाटा लाग्नेछ । अध्ययनमा मन जाने हुनाले नतिजा तपाईकै पोल्टोमा पर्नेछ । गीत संगीतमा ध्यान जाने तथा परिवारका साथ मिष्ठान्न भोजन ग्रहण तथा रमाईलो गर्ने अवसर जुर्नेछ । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । सूचना प्रविधीको प्रयोग गरी आफ्ना मनका भावनाहरु जनमानसमा लैजान सकिनेछ । पढाई लेखाईमा मन जानेछ । मायाको डोरो कसिलो भएर जानेछ । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

खर्च स्थानमा गोचर गर्ने चन्द्रमाले दैनिक खर्च बढाउनेछ भने स्वास्थ्यमा समस्या आई औषधि खर्च बढेर जानेछ । पढाई लेखाईमा मन नजाँदा अरु भन्दा पछि परिनेछ । साँझपख पारिवारिक माहोलामा जमघट भई मिष्टान्न भोजन गर्न पाईनेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

घरपरिवार तथा समाजमा तारिफयोग्य काम गरी चर्चा बटुल्न सकिनेछ । पैत्रिक धन तथा सम्पत्तीको प्रयोग गरि कृषि तथा पशुपालन व्यवसायमा खर्चन सकिनेछ । पढाई लेखाईमा थोरै समय दिँदा पनि नतिजा तपाईकै पोल्टोमा पर्नेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।

प्रकाशित : २०७७ वैशाख ५ गते ६:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI