चैत महिनाभित्र विदेशबाट आएका सबैले -र्यापिट टेस्ट गराउनुपर्ने

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ५ गते ७:४९
चैत महिनाभित्र विदेशबाट आएका सबैले -र्यापिट टेस्ट गराउनुपर्ने

चैत महिनाभित्र विदेशबाट आएका सबैले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नियन्त्रणका लागि र्यापिट डाइग्नोस्टिक टेस्ट (आरडिटी) गराउनुपर्ने भएको छ । यो टेस्टबाट पोजेटिभ देखिएमा आइसोलेसनमा राखेर आरटि–पीसीआर परीक्षण गराइन्छ ।
यस्तै, कोभिड–१९ को उपचार, निदान, नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित सबैको आरडिटी परीक्षण गरिने भएको छ ।
स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार, कोभिड–१९ पोजेटिभको सम्पर्कमा आएका, कोरोना भाइरसको लक्षण देखिएका र उनीहरुको सम्पर्कमा आएकाहरुको समेत आरडिटी परीक्षण अनिवार्य गरिने भएको छ । यसअघि कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले १४ दिन क्वारेन्टाइनमा बसेकाहरुको आरडिटी परीक्षण गराएर नेगेटिभ परिणाम आएमा घर पठाइए पनि एक हप्ता सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको थियो ।

के हो आरटी–पीसीआर परीक्षण
शरिरमा भाइरस भए नभएको पत्ता लगाउने विधि हो, आरटी–पीसीआर । पीसीआर परीक्षणका विषयमा स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले जानकारी उपलब्ध गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पेजमा राखिएको जानकारीअनुसार, कोरोनाको भाइरस मानिसको शरिरभित्र थुकको छिटा मार्फत् मुख, नाक वा आँखाबाट प्रवेश गर्छ । त्यसपछि करिव पाँचदेखि सात दिनसम्ममा शरिरमा भाइरसको संख्या बृद्धि भइसक्छ । यो बेला मानिसको घाँटी, नाक वा सासनलीबाट खकारको नमूना लिई आरटी पीसीआर विधिबाट परीक्षण गर्दा भाइरस भए नभएको देखिन्छ ।

यो भाइरस दोस्रो हप्तामा अत्याधिक रुपमा शरिरमा फैलिन्छ । तेस्रो हप्तादेखि विस्तारै कम हुँदै जान्छ । त्यसैले, आरटी पीसीआर विधिले जाँच गर्दा तेस्रो हप्तादेखि भाइरस कम देखिने वा नदेखिन पनि हुनसक्छ । तर शरिरमा भाइरस प्रवेश गरेपछि यो भाइरस बिरुद्धको एन्टिबडी विकास हुन थाल्छ । हालसम्मको अध्ययनअनुसार, भाइरस प्रवेश गरेको सात दिनदेखि आइजी ‘एम’ नामको एन्टिबडी बन्छ । यस्तो आइजीएम करिव एक महिनासम्ममा कम हुँदै जान्छ । करिव १४ दिनदेखि आईजी ‘जी’ नामको एन्टिबडी उत्पादन हुन्छ । जुनचाहिँ केही लामो समयसम्म रहन सक्छ । आइजीएमले सङ्क्रमण भर्खरै भएको सङ्केत गर्छ । आईजीजीले सङ्क्रमण केही पुरानो हो भन्ने बुझाउँछ ।

-र्यापिट डाइग्नोस्टिक परीक्षण किन ?

र्यापिड डाइग्नोस्टिक परीक्षण ९आरडिटी०ले पनि कोरोना बिरुद्धको एन्टिबडी देखाउँछ । द्रुत परीक्षण विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिए कम्तिमा एक हप्ताअघि नै कोरोनाको सङ्क्रमण भएको भन्ने बुझिन्छ । किनभने कोरोनाको एन्टिबडी विकास हुन कम्तिमा एक हप्ता लाग्छ । त्यसैले कारोना सङ्क्रमण भएको सुरुको अवस्थामा ९सङ्क्रमण सुरु भएको एक हप्ताभित्रै० र्यापिड डाइग्नोस्टिक किटबाट जाँच गर्दा नेगेटिभ देखिन सक्छ । त्यसैले कोरोना सङ्क्रमणको सुरुको हप्तामा आरटी पीसीआरबाट र दोस्रो हप्ता कटेपछि र्यापिड डाइग्नोस्टिक कीटबाट परीक्षण गर्दा पोजेटिभ देखिने सम्भावना बढी हुन्छ । साधारणतय, आरडिटीबाट नेगेटिभ आएको तर आरटी–पीसीआर जाँचबाट पोजेटिभ देखिएमा कोरोना सङ्क्रमणको सुरुको अवस्था भन्ने बुझ्नु पर्छ । दुवैमा पोजेटिभ आए कम्तिमा पनि दुई हप्ताअघि सङ्क्रमण भएको भन्ने बुझिन्छ ।

आरटीडीमा पोजेटिभ र आरटी पीसीआरमा नेगेटिभ भए कम्तिमा तीन हप्ता अगाडि कोरोना सङ्क्रमण भएको थियो र यसको बिरुद्धको प्रतिरक्षा गर्ने एन्टिबडी उत्पादन भएको भन्ने बुझिन्छ । आरडिटी विधिबाट परीक्षण गर्दा नेगेटिभ भन्ने वित्तिकै कोरोना सङ्क्रमण छैन भन्न मिल्दैन । आरडिटीबाट परीक्षण गर्दा नेगेटिभ आएको तर निजको कोरोना सङ्क्रमित व्यक्तिसँगको संसर्ग वा सम्पर्क भएको तीन हप्ता कटेको छैन भने एक हप्तापछि पुनः आरटिडी गराउनु पर्छ । त्यस्ता, व्यक्तिहरु जो सङ्क्रमित व्यक्तिको संसर्गमा छन्, उनीहरुलाई आरटी पीसीआर विधिबाट परीक्षण गर्नुपर्छ ।

प्रकाशित : २०७७ वैशाख ५ गते ७:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI