कोरोना भाईरसबाट बितेको २४ घण्टामा ७ हजारको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ५ गते ८:२५
कोरोना भाईरसबाट बितेको २४ घण्टामा ७ हजारको मृत्यु

बितेको २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट झण्डै ७ हजार जनाको मृत्यु भएको छ।

वर्ल्डोमिटरका अनुसार बिहीबार भाइरसबाट विभिन्न देशमा गरी ६ हजार ९९६ जनाको मृत्यु भएको हो।
हालसम्म कोरोना भाइरसबाट २१ लाख ८१ हजार ३०८ जना संक्रमित हुँदा मृतकको संख्या १ लाख ४५ हजार ४७० जनाको मृत्यु भएको छ। यस्तै बिहीबारमात्रै ९५ हजार संक्रमित थपिएका छन् भने ५ लाख ४७ हजार निको भएर घर पनि फर्किएका छन्।
चीनको उहानबाट सुरु भएको यो भाइरसबाट चीन करिब मुक्त भइसकेको भएपनि अमेरिकासहित पश्चिमा राष्ट्रहरुमा यसले विकराल रुप लिएको छ ।

प्रकाशित : २०७७ वैशाख ५ गते ८:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI