आज पूर्वी र पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ५ गते ९:०९
आज पूर्वी र पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने

मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ।  महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ।

यसैगरी, हाल देशको पूर्वी र पश्चिमी भू–भागका साथै मध्यका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली हुनेछ । भने देशका मध्य, पूर्वका केही स्थान र पश्चिमका थोरै स्थानमा मेघ गर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। भने पहाडी भूभागका थोरै स्थान र तराईको एक दुई स्थानमा मेघगर्जन, चट्याङ्गरअसिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।

 

प्रकाशित : २०७७ वैशाख ५ गते ९:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI