भरतपुरमा २ जनामा पोजिटिभ देखिए पछि थप परिक्षणको लागि टेकु पठाईयो

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ५ गते ११:२३
भरतपुरमा २ जनामा पोजिटिभ देखिए पछि थप परिक्षणको लागि टेकु पठाईयो

चितवन । भरतपुर अस्पतालको आइसोलेसन कक्षमा रहेका दुई जनामा कोरोना संक्रमण देखिएको छ ।

भरतपुरकै प्रयोगशालामा गरिएको ‘पिसीआर’ परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । यहाँकाे ल्याबमा कोरोना भाइरस पोजेटिभ देखिएपछि थप परीक्षण गरी निर्क्याैल गर्नका लागि दुवैजनाको थ्राेट स्वाब काठमाडाैँ टेकुस्थित प्रयाेगशालामा पठाइएको छ ।

भरतपुर अस्पतालका अनुसार ती दुवै जना व्यक्ति राप्ती नगरपालिकाका भएको बुझिएको छ । उनीहरू दुवैजना एक महिनाअगि विदेशबाट आएका थिए ।

बिहीबार साे अस्पतालकाे प्रयाेगशालामा ५ जनाकाे पिसीआर परीक्षण गरेकाेमा ३ जनाकाे रिपाेर्ट भने नेगेटिभ देखिएकाे अस्पतालले जनाएकाे छ ।

उनीहरुबारे थप विवरण खुलाइएकाे छैन । तर दुवैका स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएकाे छ । यति बेला उनीहरुका परिवारका अन्य दुई व्यक्तिलाई पनि भरतपुरकै आइसोलेसन कक्षमा राखिएको छ ।

प्रकाशित : २०७७ वैशाख ५ गते ११:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI