व्यवस्था प्रतिको विश्वास जोगाईराख्न पनि सरकार गम्भीर बन्नुपर्छ : सचेतक गौतम

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ५ गते १८:१३
व्यवस्था  प्रतिको विश्वास जोगाईराख्न पनि  सरकार गम्भीर  बन्नुपर्छ : सचेतक गौतम

नवलपुर । नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदिय दलकी सचेतक ओमकला गौतमले आफुले बारम्बार मुख्य मन्त्रीलाई अहिलेको बिकराल अवस्थामा बिपन्न समुदायको समस्या सम्बोधन गर्न ध्यानाकर्षण गरेता पनि गण्डकी प्रदेश सरकार हात बाधेर बसेको आरोप लगाएकी छिन । “अहिले राजमार्गमा निस्कदा हृदय बिदारक अवस्था छ । यो अवस्थाको समाधानका लागि मुख्य मन्त्री र भौतिक पुर्बाधार मन्त्री सङ्ग पटक पटक भनेकी छु तर केही सुनुवाई भएन ” गौतम अगाडि थप्छिन “हुदा खाने मजदुरहरुको समस्या र भोकभोकै गन्तब्यका लागि पैदल यात्रा गर्न बाध्य सुत्केरी,बालक,बृद्ध लगायतका जनताको समस्याको समाधानको उपाय सहित कुरा गर्दा नि सुनुवाई नहुनु आफैमा दु:खद छ”

उनले मजदुरि गरि खाने समुदायलाई खाना खर्च सरकारले ब्यहोर्ने गरि उनिहरुले काम गरेकै ठाउँमा सुरक्षित तरिकाले राख्नका लागि प्रदेश सरकार सङ्ग जोडदार माग गरेकी छिन ।

गौतमले पैदल मार्फत यात्रा गरिरहेका जनतालाई गन्डकी प्रदेशले प्रदेश भित्र सवारि साधनको ब्यवस्था गर्न र काम विशेषले अन्य प्रदेश गएका गण्डकी प्रदेशका जनतालाई सुरक्षित तबरले घर फर्काउन अन्य प्रदेश सङ्ग समन्वय गर्न सकिने भएता पनि त्यसो नभएकोमा दुख व्यक्त गरिन । गौतम भन्छिन “अहिले सरकार प्रतीको बिस्वाश हरायो भोलि ब्यवस्था प्रती नै भरोसा टुट्ला,त्यसैले पनि यो विषय गम्भीर छ, ब्यवस्था प्रतिको बिश्वास जोगाईराख्न पनि सरकार चाडै गम्भीर बनोस ” ।

नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदिय दलले आज नै भिडियो कन्फ्रेन्स मार्फत बैठक बसि पाँच बुदे निर्णय सार्बजनिक गर्दै सरकारलाई जिम्मेवार बन्न अनुरोध गरेको सचेतक गौतमले जानकारी दिईन । उनले पिणामा रहेका पैदल यात्रीलाई नवलपुर जिल्लाका विभिन्न स्थलमा खाजा खानाको ब्यवस्था गर्ने सामाजिक अगुवा प्रती कृतज्ञता ब्यक्त गरिन ।

प्रकाशित : २०७७ वैशाख ५ गते १८:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI