चितवनमा दुई र उदयपुरमा १२ सहित १४ जना कोरोना संक्रमित फेला, नेपालमा संक्रमितको संख्या ३० पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ५ गते १९:४५
चितवनमा दुई र उदयपुरमा १२ सहित १४ जना कोरोना संक्रमित फेला, नेपालमा संक्रमितको संख्या ३० पुग्यो

वैशाख ५ । सरकारले एकै दिन आज नेपालमा १४ जना कोरोना भाइरस संक्रमित फेला परेको पुष्टि गरेको छ । ‘आज एकै दिन १४ जना थपिए, जसमा उदयपुरका १२ र चितवनका दुई जना छन्’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए । ‘स्वास्थ्य मन्त्रालयको कोभिड १९ वेव पेजमा पनि यो सूचना तपाईहरुले केही बेरमा पाउनु हुने छ नै’ ति अधिकारीको भनाइ थियो‘ थपिनेमा केही भारतीय नागरिक पनि छन् ।

उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्के मस्जिदमा लुकेर बसेका १२ जनामा र चितवनमा आमा छोरामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।

चितवनको राप्ती नगरपालिकाका आमा छोरामा आज विहान गरिएको र्‍यापिड टेष्टमा संक्रमणको पुष्टि भएपछि आज साँझ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर टेष्ट पोजिटिभ पाइएको हो ।

यस्तै उदयपुरको भुल्केस्थित मस्जिदका १२ जनामा गत मंगलबार गरिएको परीक्षण पोजिटिभ पाइएपछि आज विराटनगर हुँदै पुनः काठमाडौंमा गरिएको परीक्षणबाट पनि पुष्टि भएको हो ।

योसंगै नेपालमा अब कोरोना संक्रमितको संख्या ३० पुगेको छ । जसमा एक जना स्वस्थ्य भएर घर फर्किसकेका छन् ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

प्रकाशित : २०७७ वैशाख ५ गते १९:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI