शनिवार यी राशिका व्यक्तिलाई हुनेछ आज शुभ, हेर्नुहोस आजको राशिफल

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ६ गते ७:४२

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

अध्ययन तथा अनुसन्धानमा ध्यान केन्द्रित हुदा वौद्धिक क्षेत्र फराकिलो हुनेछ । प्रविधिको उच्चतम् प्रयोग गरी रचानात्मक कार्य गर्न सकिनेछ । पैत्रिक धनको प्रयोग गरि कृषिमा लगानी गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

अध्ययनमा मन जानेछ। शुभचिन्तक तथा सहयोगीको सल्लाहले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यवसायमा मन्दि आउने तथा घाटा हुनेछ । प्रेममा आफ्नो भावना साटासाट गर्ने वातावरण बन्नेछ। तरपनि स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ,सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

धर्म तथा अध्यात्ममा मन जानेछ। ध्यान विधीको माध्यामबाट स्वास्थ्य रहन सकिनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगती भएर जानेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

खानपान तथा मौसमको ख्याल नगर्नाले स्वास्थ्यमा समस्या आउन सक्छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरु बढ्ने तथा काम बिग्रने भएले सताउनेछ । व्यापार व्यवसायमा मन्दी आउने तथा आम्दानी घट्नाले दैनिकी प्रभावित हुनेछ । पढाई लेखाईमा मन नजानाले नतिजा आफूतिर ल्याउन मुस्किल पर्नेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

पढाई लेखाईमा प्रतिस्पर्धीहरु आफै किनारा लाग्नेछन्। माया प्रेमको डोरो कसिलो भएर जानेछ। सामाजिक सञ्जाल तथा प्रविधिको उच्चतम् प्रयोग गरि लाभ लिन सकिनेछ। तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

स्वअध्ययनले प्रतिस्पर्धी तथा सहपाठीहरुलाई किनारा लगाउँदै पढाई लेखाईमा नतिजा हात पार्न सकिनेछ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखि रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाईनेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

पढाई लेखाईमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनेछ । आफन्त तथा सन्तानको प्रगतिमा मन रमाउनेछ । बौद्धिक तथा प्राज्ञिक क्षेत्र फराकिलो हुनेछ भने तपाईको प्रश्तुतिले सबैको मन आकर्षित गर्नेछ । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

अरुकै काममा समय व्यतित हुँदा आफ्नो काम भने थाती रहनेछ। राजनीति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ। अध्य व्यापारमा मन्दी आएपनि कृषि तथा पशुपालन व्यवसायबाट केहि मात्रामा लाभ लिन सकिनेछ। तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

अध्ययन अध्यापनमा मन जाने हुनाले अरुभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । परिवारका साथ स्वादिष्ट भोजनमा रमाउन सकिनेछ। लेखन शैलिको विकास हुनेछ भने आफ्ना लेख तथा रचनाहरु जनमानसमा लैजान सकिनेछ । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आफन्त तथा कुटुम्बसँगको चिसिएको सम्बन्धमा सुधार आउनेछ भने मिष्टान्न भोजनका साथ समय व्यतित गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेमील जोडीहरुले मनका भावना साटासाट गर्न सक्नेछन् । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

टाडिएका मित्र तथा आफन्तसँगको भेटले मन प्रशन्न हुनेछ। पुराना कमिकमजोरी हरुलाई सच्याउँदै रचनात्मक काम गर्न सकिनेछ ।माया प्रेममा नजिक हुने समय रहेको छ। प्रविधिको प्रयोग मार्फत कामहरु गर्नुहोला । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पढाई लेखाईमा मन नजादा भनेजस्तो नतिजा हात पर्न सकिने छैन। काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ ।स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । विदेशी भूमिमा हुनुहुन्छ भने स्वास्थ्यको तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला ।

प्रकाशित : २०७७ वैशाख ६ गते ७:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI