मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ। महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ।
साथै, हाल देशको पश्चिमी भू–भागमा आंशिक देखि सामान्य बदली साथै पूर्वी र मध्य भू–भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ।
शनिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने र देशका मध्य, पूर्वका केही स्थानहरुमा साथै पश्विमका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।
यसैगरी, राति देशको पूर्वी भू–भागमा सामान्य बदली र मध्य तथा पश्चिमी भू–भागमा आंशिक देखि सामान्य बदली रहने पूर्वानुमान छ ।
त्यस्तै, देशको पूर्वी भू–भागका र मध्य तथा पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
प्रकाशित : २०७७ वैशाख ६ गते ८:०२
No ads found for this position
Facebook Comment