५१ औं स्थापना दिवसको अवसरमा नेविसंघ नवलपुर द्वारा खाद्यान्न सहयोग

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ६ गते १२:५३
५१ औं स्थापना दिवसको अवसरमा नेविसंघ नवलपुर द्वारा खाद्यान्न सहयोग

नवलपुर ।  नेपाली विद्यार्थी संघ नवलपुरले संघको ५१ औं स्थापना दिवसको अवसरमा कावासोती स्थित मौलाकालीका अपाङ्ग सेवा संस्थामा खाद्यान्न सहयोग गरेको छ । विश्व भरी कोरोना संक्रमणको महामारी फैलिए पछि नेपालमा पनि चैत्र ११ गते देखि लकडाउन छ, लक डाउनको कारणले संस्थामा आश्रय लिएका अपांगता भएका व्यक्तिहरुलाई केही मात्रामा भए पनि सहज हुने भन्दै नेविसंघ नवलपुरले संस्थालाई खाद्यान्न सहयोग गरेको नेविसंघ नवलपुरका सभापति राजेश पौडेलले बताए । नेविसंघले ५० किलोग्राम चामल, २५ कि.ग्रा आलु, ५ कि.ग्रा दाल ५ कि.ग्रा ,प्याज ५ कि.ग्रा,  लुगा धुने सरफ ४ पोका, नुन ४ पोका, बिस्कुट र चाउचाउ गरि २ कार्टुन खाद्यान्न आज संस्थाका संचालक कृष्ण रोकायलाई हस्तान्तरण गरेको हो ।

नेविसंघ नवलपुरका अध्यक्ष राजेश पौडेल , नेपाली काङ्ग्रेस नवलपुरका सचीव बालकृष्ण घिमिरे , नेपाली काङ्ग्रेस नवलपुरका सल्लाहाकार महेन्द्र पोख्रेल ,नेविसंघ पुर्व केन्द्रिय सदस्य आर सि भट्टराई , काङ्ग्रेस कावासोती नगर सचिव शालिकराम ढकाल, नेविसंघ जिल्ला उपाध्यक्ष लक्ष्मण रिजाल, नेविसंघ जिल्ला सचिव सुशील काफ्ले लगाएतको उपस्तिथिमा खाद्यान्न सहयोग हस्तान्तरण गरिएको जिल्ला उपाध्यक्ष लक्ष्मण रिजालले बताए ।

लकडाउनका कारणले अप्ठ्यारो अवस्थामा परेकालाई आवश्यक सहयोग गरेर स्थापन दिवस मनाउन नेविसंघ केन्द्रिय समितिले मातहतका सबै समितिलाई सर्कुलर गरेको थियो । तात्कालिन  समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाईएको बेलामा नेपाली काँग्रेसले आफ्नो बहुदलीय एजेण्डालाई स्थापना गराउने उद्देश्यले आफ्नो विचारसँग सहमत विद्यार्थीहरूलाई शैक्षिक एजेण्डामा टेकेर विद्रोह गर्न नेपाल विद्यार्थी संघको स्थापना वि सं २०२७ वैशाख ६ गते गरिएको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलन जसले नेपालीलाई जहानीय राणा शासन, एकतन्त्रीय पञ्चायती शासन हुँदै तात्कलिन राजा ज्ञानेन्द्रको प्रजातन्त्र हत्याउने कदम विरूद्ध समेत लडेर नेपाललाई संघीय गणतन्त्रात्मक नेपाल बनाएको छ।

प्रकाशित : २०७७ वैशाख ६ गते १२:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI