कावासोती । नेपाली काङ्ग्रेस नवलपुरले विपत्तिमा परेका तथा बाटोमा अलपत्र पैदल यात्री नागरिकलाई प्रसासन सँग समन्वय गरि उद्धारमा जुटन पार्टीका सबै तहका कार्यकर्तालाई अपिल गरेको छ । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति नवलपुरको आज भिडियो कन्फ्रेसिङ माध्यम बाट बसेको बैठकले सो निर्णय गरेको काङ्ग्रेस नवलपुरका सचीव बालकृष्ण घिमिरेले बताए । यो विषम परिस्थितिमा नागरिकले पाएको दुख कष्ट प्रति नेपाली काँग्रेस नवलपुर मौन रहन नसक्ने हुदाँ राज्य सँग नागरिकको बाँच्न पाउने नैसर्गिक अधिकारको रक्षा गर्न जोडदार माग गर्दै नागरिक प्रतिको दायित्व पुरा गर्न समेत काँग्रेसले आग्रह गरेको छ । आजको बैठकले लक डाउनको पुर्ण पालना गर्दै घरमै रहन पनि सबै नागरिक सँग अपिल गरेको छ । बैठकले राहत वितरण गर्दा पारदर्शी हुँदै गुणस्तरयुक्त खाद्य सामाग्री वितरण तथा लक डाउन लम्बिने अवस्था आए थप समयका लागि राहत व्यवस्थापनमा जुटन पनि जिल्लाका सबै स्थानीय तहलाई अपिल गरिएको घिमिरेले बताए । 
प्रकाशित : २०७७ वैशाख ६ गते १४:३६
No ads found for this position
Facebook Comment