बाटोमा अलपत्र पैदलयात्रीलाई कावासोती-११का युवाहरूको पहलमा खाजा र पानीको व्यवस्था

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ६ गते २०:१२
बाटोमा अलपत्र पैदलयात्रीलाई कावासोती-११का युवाहरूको पहलमा खाजा र पानीको व्यवस्था

लकडाउनको कारणले आफ्नो गन्तव्यमा पुग्न भन्दै हिडेका १०० भन्दा धेरै बटुवालाई कावासोती-११ का युवाहरूको पहलमा आज लोकाहा चोकमा खाजा र पानी व्यवस्था गरिएको छ । स्थानीय युवाहरुले आर्थिक संकलन गरि अलपत्र बटुवाहरुलाई खाजा र पानीको व्यवस्था गरिएको स्थानीय युवा मदन गिरिले बताए । हिजोको तुलनामा पैदल यात्री कम भए पनि विभिन्न व्यवस्था गरि ट्रक लगाएतका सवारी साधनमा आएका यात्रुहरूलाई खाजा खुवाईएको अर्का युवा पर्वत श्रेष्ठले बताए । सर्वोच्चको आदेश र सरकारले हिजो गरेको निर्णय पछि बाटोमा अलपत्र पैदल यात्रीलाई आज बाट उद्धार गर्ने क्रम सुरु भए पछि हिजोको तुलनामा पैदल आफ्नो गन्तव्यमा जानेको संख्यामा कमि आएको छ ।

प्रकाशित : २०७७ वैशाख ६ गते २०:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI