हुप्सेकोट गाउँपालिकामा आईतबार देखि दोस्रो चरणको राहत वितरण गरिने

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ६ गते २१:४६
हुप्सेकोट गाउँपालिकामा आईतबार देखि दोस्रो चरणको राहत वितरण गरिने

वैशाख ०६/नवलपुर
हुप्सेकोट गाउँपालिकामा आईतबार देखी दोस्रो चरणको राहत बितरण हुने भएको छ । जारी लकडाउनका कारण दैनिक रुपमा समस्यामा परेका अति विपन्न समुदायलाई दोस्रो चरणको राहत वितरण गर्न लागिएको जनाईएको छ । मजदुरी गरि जिबन चलाउदै आएका अति विपन्न ५२० परिवारलाई दोस्रो चरणमा राहत वितरण गरिने हुप्सेकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटाले बताए । सापकोटाका अनुसार यस अघि चैत्र २६ गते देखि चैत्र २९ गते सम्म ६६० परिवारलाई राहत वितरण गरिसकिएको छ । दोस्रो चरणमा पनि हुप्सेकोट गाउँपालिकाका ६ वटै वडामा राहत वितरण गरिने अध्यक्ष लक्ष्मी देबि पाण्डेले जानकारी दिईन । आवश्यकता हेरेर पहिलो चरणमा राहत प्राप्त नगरेका बिपन्न समुदायलाई दोस्रो चरणमा वितरण गर्न लागिएको पाण्डेले बताईन । उनका अनुसार पालिकामा राहत वितरणका लागि कार्यविधी बनाईएको छ भने सोही कार्यबिधी अनुसारनै वडा अध्यक्षको नेतृत्वमा रहेको वडा स्तरिय बिपद ब्यवस्थापन समितिलाई राहत बितरण गर्न जिम्मा दिईएको छ । पाण्डेका अनुसार हुप्सेकोट गाउँपालिकामा अति बिपन्न परिवारको संख्या र अवस्था अध्यन गरेर सोही अनुपातमा चामल,तेल,नुन,दाल बितरण गर्ने गरिएको छ ।

प्रकाशित : २०७७ वैशाख ६ गते २१:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI