विश्वभर कोरोना: २३ लाख ३० हजार संक्रमित, १ लाख ६० हजार बढीको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ७ गते ६:५५
विश्वभर कोरोना: २३ लाख ३० हजार संक्रमित, १ लाख ६० हजार बढीको मृत्यु

विश्वभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २३ लाख ३० हजार ८ सय ५६ पुगेको छ।

नेपाली समय अनुसार आज बिहान ६:४५ सम्मको वर्ल्डोमिटर्स डट ईन्फोको तथ्यांक अनुसार १ लाख ६० हजार ७ सय ५४ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ। ५ लाख ९६ हजार ४ सय ८८ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किएको तथ्यांकले बताएको छ।

संक्रमितको संख्या सबैभन्दा बढी अमेरिकामा छ। त्यहाँ ७ लाख ३८ हजार ७ सय ७२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। अमेरिकापछि स्पेनमा त्यो संख्या बढी छ। त्यहाँ १ लाख ९४ हजार ४ सय १६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, इटालीमा १ लाख ७५ हजार ९ सय २५, फ्रान्समा १ लाख ५१ हजार ७ सय ९३, जर्मनीमा १ लाख ४३ हजार ७ सय २४ तथा बेलायतमा १ लाख १४ हजार २ सय १७ जनामा संक्रमण पुष्टि भएको छ।

मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै उच्च छ। त्यहाँ ३९ हजार १४ जनाको मृत्यु भइसकेको छ। त्यस्तै, इटालीमा २३ हजार २ सय २७, स्पेनमा २० हजार ६ सय ३९, फ्रान्समा १९ हजार ३ सय २३ तथा बेलायतमा १५ हजार ४ सय ६४ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित : २०७७ वैशाख ७ गते ६:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI