कोरोना संक्रमणबाट भारतीय उच्च प्रहरी अधिकारीको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ७ गते ७:०५
कोरोना संक्रमणबाट भारतीय उच्च प्रहरी अधिकारीको मृत्यु

भारतको पञ्जाबमा कोरोना भाइरस संक्रमणका कारण एक प्रहरी अधिकारीको मृत्यु भएको छ। उपचारकोक्रममा लुधियानाको एसिपी अनिल कोहलीको मृत्यु भएको हो।

उनको अवस्था गम्भीर भएपछि उनलाई प्लाज्मा थेरापी दिने तयारी भएको थियो। तर थेरापी अगाडि नै उनको मृत्यु भएको बिबिसीहिन्दीले लेखेको छ।

केही दिन अगाडिको परिक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो। उनी केही महिना अगाडिसम्म विदेश समेत गएका थिएनन्।

शुक्रबार पञ्जाब सरकारले कोहलीको प्लाज्मा थेरापीको घोषणा गरेको थियो।

प्रकाशित : २०७७ वैशाख ७ गते ७:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI