आरनमा हतियार मर्मत गर्ने कारागार चलान

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ७ गते १२:१७
आरनमा हतियार मर्मत गर्ने  कारागार चलान

नारायण शर्मा/नवलपरासी
घरेलु हतियार मर्मत सम्भारका लागि आरन सञ्चालन गर्ने हुप्सेकोटका ताराबहादुर विकलाई पुर्वक्षका लागि चितवन कारागार चलान गरिएको छ । हुप्सेकोट–२ चपाहा निवासी ताराबहादुर विकको आरनमा मर्मत गर्न ल्याइएका केही हतियारसहित ३ साताअघि प्रहरीले पक्राउ गरेको थियो । आरन उनको पुर्ख्यौली पेसा हो ।

विकलाई जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि आइतवार चितवन कारागार चलालन गरिएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले बताए । प्रहरीले उनको आरनबाट दुई साताअघि अरुले मर्मत गर्न ल्याएका भरुवा बन्दुक १ थान, एआर गन १ थान, अमेरिकी पेस्तोल १ थान र त्यसमा लाग्ने ५ राउन्ड गोली, एसएलआर राइफलको गोली २ राउण्ड, थ्री नट थ्री राइफलको गोली १ राउन्ड, एम १६ राइफलको गोली १ राउन्ड, अन्य हतियारमा प्रयोग हुने गोली २ राउन्ड, पुरानो कटुवा पेस्तोलको पार्टपूर्जाहरु, भरुवा बन्दुकमा लाग्ने २ थान नाललगायतका हतियार बरामद गरेको थियो । उनलाई प्रहरीले हातहतियार खरखजना ऐनमा मुद्दा दर्ता गरी अनुसनधान थालेको थियो । धौवादी फलाम खानीबाट निकालिएको फलामबाट उनले गाउँलेको आग्रहमा घरेलु हतियार बनाएर दिने गरेको प्रहरीको आरोप छ । केही पुराना हतियार उनलाई कस्ले बनाउन दिएको हो भन्ने विवरण प्रहरीले खुलाएको छैन ।

प्रकाशित : २०७७ वैशाख ७ गते १२:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI