ज्वरो सहितको समस्या देखिएकी युवतीको भरतपुर अस्पतालमा मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ७ गते १२:३९
ज्वरो सहितको समस्या देखिएकी युवतीको भरतपुर अस्पतालमा मृत्यु

ज्वरो सहितको समस्या देखिएपछि उपचारका लागी भरतपुर सरकारी अस्पतालमा लगिएकी एक जना युवतीको मृत्यु भएको छ।

युवतीलाई शनिवार विहानै भरतपुर सरकारी अस्पतालमा लगिएको थियो। छिमेकीले कोरोना आशंका गरेपनि उहाँको स्वावको नमुना परीक्षणको नतिजा आइपुगेको छैन।

गैडाकोट ४ मा कोठा भाडामा बस्ने दाजुकोमा लकडाउनको समय पारी आएकी उनी ज्वरो सहित पेट दुख्ने समस्या आएपछी शनिवार उपचारको लागी भरतपुर अस्पताल लगिएको थियो।

अहिले उक्त युवती र दाई वस्ने घरवेटीको स्वास्थ्य परीक्षणको लागि गैडाकोट स्वास्थ्य चौकी पठाउने तयारी भैरहेको छ।

उता भतरपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले पनि उहाँको स्वाव संकलन गरी हेटौँडा पठाएको र आज केहीबेरमा रिपोर्ट आउने बताउनुभयो। विरामी लैजादैमा सिरियस भइसकेको र आइसीयुमा राखी उपचार गरिएको तर आज विहान मृत्यु भएको उहाँले जानकारी दिनुभयो। अस्पतालबाट कोरोनाको आशंका नगरिएको भएपनि स्वाव परीक्षणको लागि हिजो नै हेटौँडा पठाएको र अहिले केही वेरमा रिपोर्ट आएपछि वल्ला थप बताउन सक्ने उहाँको भनाई छ। भरतपुर प्रयोगशालाको हिजो सरसफाई गरेका कारण हिजो उहाँको सहित ४१ स्वाव हेटौँडा पठाइएको थियो।

प्रकाशित : २०७७ वैशाख ७ गते १२:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI