भरतपुर अस्पतालमा मृत्यु हुने महिलामा कोरोना नभएको पुष्टी

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ७ गते १६:२१
भरतपुर अस्पतालमा मृत्यु हुने महिलामा कोरोना नभएको पुष्टी

गैडाकोट ४ बाट उपचार गर्न भरतपुर अस्पताल लगिएकी युवतीमा कोरोना भाइरस नभएको भरतपुर अस्पतालले जनाएको छ।

उनको उपचारको क्रममा आज बिहान मृत्यु भएसँगै थप जाँचका लागी उनको स्वाब परिक्षण गर्न हेटौँडा पठाईएको थियो।

भतरपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार हेटौँडामा रहेको पिसिआर प्रविधिबाट गरिएको स्वाव परीक्षणको नतिजा नेगेटिभ आएको हो। पौडेलले भन्नुभयो, “हामीलाई पहिले नै कोरोना आशंका थिएन तर पनि स्वाव परीक्षणको लागि पठाएका थियौँ । रिपोर्ट नेगेटिभ छ। आफन्तलाई शव को जिम्मा लगाउदै छौँ ।”

अस्पतालका मेडिकल सुपरिटेण्डेन डा श्रीराम तिवारीका अनुसार उहाँको मृत्युको कारण कडा निमोनिया हो।  निमोनियाले पहिल्यैबाट आक्रमण गरेर त्यसले शरिरका अन्य अंगलाई पनि असर गरेको र औषधि चलाउँदा पनि काम नगर्दा उहाँलाई आइसियुमा राखेर उपचार गरिएको थियो । निमोनिया विग्रेका कारण उनको ज्यान गएको डा. तिवारीले जानकारी दिनुभयो ।

प्रकाशित : २०७७ वैशाख ७ गते १६:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI