चितवन हुँदै गैँडाकोट नगरपालिका प्रबेश गर्ने हरेक सबारीसाधन स्यानिटाईज

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ८ गते २०:५३
चितवन हुँदै गैँडाकोट नगरपालिका प्रबेश गर्ने हरेक सबारीसाधन स्यानिटाईज

प्रकाश भण्डारी, बैशाख ८ गैँडाकोट

लायन्स क्लव अफ गैँडाकोट कालिगण्डकी शाखा र वातावरण बिकास तथा अनुसन्धान केन्द्र गैँडाकोटको संयुक्त प्रयासमा बिगत एकहप्तादेखि गैँडाकोट नगरपालिका हुँदै पश्चिम तर्फ जाने सम्पूर्ण सबारीसाधनहरूमा स्यानिटाईज गरिँदै आएको छ।

चितवनबाट गैँडाकोट प्रवेश गर्ने मुख्यद्धार नारायणी पुल देखी गैँडाकोटतर्फ रहेको प्रतिक्षालयबाट उक्त स्यानिटाईज गर्ने व्यवस्था गरिएको हो।

दैनिक बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म उक्त सेवा प्रदान गर्दे आएको कार्यक्रमका संयोजक कृष्ण कंडेलले नवलपुर टाईम्ससँगको कुराकानीमा बताउनुभयो। बिगत एक हप्तादेखि संस्थाका १० देखि १५ जना साथीहरूले पालैपालो उक्त काम गर्दे आएका हुन।

कार्यक्रमका संयोजक कृष्ण कंडेल

गैँडाकोट हुँदै पश्चिम तर्फ जाने सम्पूर्ण मोटरसाईकल देखि ठूला सवारीसाधन, तरकारी बोक्ने गाडीहरू र एम्बुलेन्सहरूमा उक्त स्यानिटाईज गरेसँगै कोभिड-१९ को संक्रमण धेरै हदसम्म कम गर्न सकिने कंडेलले बताउनुभयो। सबारीचालकहरू आफै गाडी रोकेरै स्यानिटाईज गर्न लगाउने गर्नुभएकोले हाम्रो यस कार्यक्रम प्रभाबकारी रहेको उहाँ बताउनुहुन्छ।

सबारीसाधन हरूबाट पनि कोभिड-१९ को संक्रमणको जोखिम रहने भएकोले कोभिड-१९ का जीवाणुहरूलाई थप फैलिन नदिन र नगरवासीहरूमा कोभिड-१९ को सन्त्रास रोक्नका लागी यस किसिमको कार्य गरिएको उहाँले प्रष्ट पार्नभयो।

“भाईरो सिड” नामको १ लिटरको औषधी २०० लिटर पानीमा प्रयोग गर्न सकिन्छ। एकदिनमा १ हजार लिटरका दुई ड्रमहरूमा स्यानिटाईज घोलेर भ्यानमा ल्याईएको र यस औषधीले दिनभरलाई स्प्रे गर्न पुग्दछ। स्यानिटाईज गरेको ६ घण्टासम्म यस औषधीले काम गर्ने र मानिसलाई कुनै पनि असर नगर्ने हुँदा यो कोभिड-१९ मात्रै नभएर जुनसुकै भाईरल रोगहरूमा प्रयोग गर्न सकिने कार्यक्रमका संयोजक कंडेलले बताउनुभयो।

बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म एक दिन सवारीहरू स्यानिटाईज गर्दा करिब १० हजार खर्च हुने गरेको छ। सोको खर्च आयोजक संस्था तथा स्थानीय समाजसेवी र लायन्स क्लव डिष्ट्रिक ३२५ बी२ ले समय समयमा सहयोग गर्दे आएको कारण सम्भब भएको र यस कार्यलाई अझै व्यस्थित गर्न सबैको साथ र सहयोगको खाँचो रहेको लायन्स क्लव अफ गैँडाकोट कालिगण्डकी शाखा प्रमुख भोजराज भुषालले बताउनुभयो। थप आर्थिक सहयोग प्राप्त भएको खण्डमा यस कार्यलाई बृहत रूपमा अगाडि बढाउन आफुहरू लागिपरेको शाखा प्रमुख भुषाल बताउनुहुन्छ।

लायन्स क्लव अफ गैँडाकोट कालिगण्डकी शाखा प्रमुख भोजराज भुषाल

लायन्स क्लव अफ गैँडाकोट कालिगण्डकी शाखा र वातावरण बिकास तथा अनुसन्धान केन्द्र गैँडाकोट शाखाले यसभन्दा अगाडि आफुहरूले उच्च सतर्कता अपनाउँदै राजमार्गमा पैदल हिड्ने यात्रुहरूलाई खाजा तथा खाना खुवाउँदै आएको थियो।

गैँडाकोट नगरपालिकाले लकडाउन अबधिमा राजमार्ग लगायत नगरभित्र हिँड्ने पैदलयात्रु तथा पीडितहरूलाई आफुखुशी कुनै पनि संघसंस्था तथा व्यक्तिले यस प्रकारका राहतहरू बितरण गर्दा थप जोखिम बढ्न सक्ने भन्दै नगरपालिका बाहेक अन्य ठाउँबाट राहतजन्य सेवा प्रवाह रोक्नु भन्ने सुचना जारी गरेसँगै राहतको कार्यलाई थाती राख्दै जुझारू समाजसेवीहरूले सवारीसाधनहरूमा स्यानीटाईज गर्ने कार्यलाई अगाडी बढाएका हुुन।

प्रकाशित : २०७७ वैशाख ८ गते २०:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI