देउवाले भने- अहिले अध्यादेश ल्याउनु इतिहासकै दु:खद

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ८ गते २०:५८
देउवाले भने- अहिले अध्यादेश ल्याउनु इतिहासकै दु:खद

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आज जारी गरेका अध्यादेश इतिहासकै सबैभन्दा दुःखद घटना भएको बताएका छन्।

सोमबार साँझ विज्ञप्ति जारी गर्दै देउवाले कोरोना भाइरसको महामारी फैलिरहेका बेला अध्यादेश जारी हुनुलाई संकटको घडीमा सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु ‘बेमौसमी बाँसुरी’ भएको उल्लेख गरेका छन्।

‘नेपाली कांग्रेस अलोकतान्त्रिक एंव संविधानको मर्मविपरितका अध्यादेश तत्काल फिर्ता लिन माग गर्दै अन्य सबै खेलभन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रूपले केन्द्रीत हुन सरकारलाई अपिल गर्दछ,’ देउवाले भनेका छन्

प्रकाशित : २०७७ वैशाख ८ गते २०:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI