माहमारी बाट जोगिन अब वातावरण संरक्षण गरौँ

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ८ गते २१:१४
माहमारी बाट जोगिन अब वातावरण संरक्षण गरौँ

 एल. एन. दवाडी

सामान्यतया: हाम्रो वरपर रहेका सजिव तथा निर्जीव बस्तुहरुको समस्टिगत रुपहरुनै वातावरण हो। घरहरु, बाटो, पाटी पौवा, बनस्पति, प्राणीहरु, ढुङ्गा, माटो, पाहड, जंगल हिमाल सम्पुर्ण जति पृथ्वीको सतहमा रहेका छन् सबै हाम्रो वातावरण हुन् र यिनीहरुको आ-आफ्नो खालको जीवन चक्र र अस्तित्व रहेको हुन्छ।

माहमारी एकै समयमा विश्वभरि विभिन्न देशमा मानिसबाट मानिसमा फैलिने र निकै ठूलो मात्रामा रोगको सङ्क्रमण देखिने स्थितिलाई जनाउँछ। प्रकृतिमा हुने खलल र जलवायु परिवर्तन संगै पृथ्वीको तापक्रमले हुने चौतर्फी असर बाट आउने विभिन्न नयाँ नयाँ खालका रोगहरुको उत्पत्तिले गर्दा सरुवा रोहरु उत्पन्न भई मानिसहरुमा धेरै रोगहरुको सामान्यतया निदान निर्मुल पार्ने खोपहरु तथा औषधि हुन सक्छन् भने केही रोगहरुको औषधि तथा निर्मुल गर्ने उपायहरु नहुन सक्छन् यस्ता खालका रोगहरुको बिस्तारै बढ्दै र मानिस लगायतका प्राणी लगायतका देखीयर एक पछी अर्कोमा फैलिदै गयपछी यसले माहमारीको रुप लिन सक्छ।

आर्थिक तथा मानवीय क्रियाकलापहरू, प्राकृतिक, सांस्कृतिक तथा सामाजिक प्रणालीहरू र यिनका आवश्यक तथा ती अवयवहरूको बीचको अन्तरक्रिया या एवं अन्तरसम्बन्धमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले परिवर्तन गरी वातावरणमा उल्लेख्य सुधार ल्याउने, क्षति पुर्याउने क्रियाकलापलाई वातावरण प्रदूषण भनिन्छ।

मानिसहरु आजकल वातावरणमैत्री नभई प्रकृति माथि एक तर्फी रुपमा निर्भर हुदा वातावरण संरक्षणको नाममा वातावरणीय विनाश भइरहेका छन्, वातावरण संग संगै मानिसहरु यात्रा गर्न सकेका छैनन् नचाँहिदो प्रकृति दोहनका कार्य सधै बढ्दै गईरहेको छ भने वातावरण लाई खलल हुनेगरी मानव सिर्जित क्रियाकलाप वायु प्रदुषणहरु, पानिका स्रोत तथा सिमसारहरु प्रदुषण तथा दोहन, बिनास र फोहरमैलाका बिसर्जन स्थल बनाउदा र बन जंगलहरुको बढ्दो बिनासको कारण आज वायुमण्डलमा हरितगृह ग्यास उत्सर्जन बढेर पृथ्वीमा जलवायु परिवर्तनको असरहरू देखिँदै गइरहेका छन् हिमालमा हिँउहरु कम हुँदै छन् औद्योगिक क्रान्तिकै कारण वातावरणीय पक्ष बिग्रँदै गइरहेको छ भने वातावरण संरक्षणको नाममा वातावरणीय विनाश भइरहेका छन्।

वातावरण स्वच्छता कायम राख्नका लागि मानव समुदाय जागरुक र सचेत हुनु आवश्यक रहेको छ। वातावरण संरक्षण गर्नु आज सबैको बिश्वब्यापी साझा दायित्व हो भन्ने भावना सबैमा जागृत हुनु आवश्यक रहेको छ। नेपालमा वातावरण संरक्षण तथा जलवायु परिवर्तन न्यूनीकरण र जलवायु परिवर्तन अनुकूलका कार्यक्रमहरू गरिँदै आइरहेका छन्। नेपालमा अन्तरनिकायबीच समन्वय हुन नसक्दा वातावरण संरक्षणका कार्यक्रमहरूले प्रभावकारी रूपमा कार्यान्वयन हुन सकिरहेको पाइँदैन।

हरेक वर्ष ५ जुनमा विश्व वातावरण दिवस विश्वभर विभिन्न कार्यक्रमहरू गरी मनाइँदै आइरहेको छ। नेपालमा पनि विविध कार्यक्रमहरू गरी उक्त दिन वातावरण दिवस मनाइसकिएको छ। वास्तवमा वातावरण प्रदूषण हुन नदिनु नै वातावरण संरक्षण गर्नु हो। यसका लागि सर्बपक्षिय सहभागिता भई हातेमालो गर्दै बढ्दो जनसंख्या न्यूनिकरण, जैविक विविधताको संरक्षण गर्नुपर्ने, प्राकृतिक स्रोतसाधनहरूको समुचित किसिमले प्रयोग गरी संरक्षण गर्ने, औद्योगिकीकरण तथा सहरीकरण गर्दा वातावरणीय प्रभावलाई ध्यान दिनुपर्ने साथै दिर्धकालिन बिकास लाई ध्यान दिने, सरकारी नीति बनायर क्लोरोफ्लोरोकार्बन र मिथेन जस्ता विषालु ग्याँसहरूको उत्पादनमा रोक लगाउनुपर्ने, सामुदाय स्तरमा किटनाशक औषधी र रसायनहरूको प्रयोगले आजभोलि हाम्रो माटोको गुणस्तर दिनानुदिन बिग्रदो अबश्थामा रहेको हुदाँ यस संगँ सम्बन्धि जनचेतनाका कार्यक्रमहरु लाई अझै बृद्दी गरि यसको प्रयोगमा कम गर्दै जानुपर्ने देखीन्छ, आजकल यातायातका साधनहरूको बढ्दो प्रयोगले वायु प्रदुषण निकै बढ्दै गयको छ यसलाई तत्काललै कम गर्दै जानुपर्ने देखिन्छ । यति मात्र होइन, वातावरणीय शिक्षाको व्यापक प्रचार–प्रसार गरी जनचेतना अभिवृद्धि गर्नुपर्ने देखिन्छ।

नेपाल सरकारले हालसम्म पनि वातावरण र जलवायुसम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा नियमित रूपमा सहभागी हुँदै वातावरण संरक्षणमा आफ्नो भूमिका प्रस्तुत गरिरहेको छ । नेपालले बर्सेनि वातावरण दिवससमेत मनाउँदै वातावरणसम्बन्धी जनचेतना जगाउने कार्य अनवरत रूपमा गर्दै आइरहेको छ। नेपाल सरकारले संविधानको मौलिक हकमा वातावरण संरक्षण गर्ने विषय समावेश गरिनुले आमनागरिकहरू वातावरणप्रति सचेत र सर्तक हुनुपर्दछ । नेपाल सरकारले वातावरण संरक्षण गर्ने कार्यमा विद्यालयस्तरदेखि नै वातावरण प्रदूषणबारे पाठ्यपुस्तक तयारी गर्दै जनचेतना फैँलाउँदै जानुपर्दछ। अब आजैबाट एउटा संकल्प गरौ यस्ता जुनसुकै बेला पनि आउने माहमारी हरुको अन्त्य गर्ने भनेको वातावरणको सही सन्तुलन राख्ने हो । हामी अबका दिनमा हाम्रो हरेक ब्यबहार परिवर्तन गरि वातावरणमैत्री बन्न जरुरी छ प्रकृतिको बैज्ञानिक तरवले उचित प्रयोग गरि हरेक खालका वातावरण प्रदुषणका कार्य हरुको अन्त्य गरौ।

बिद्यालय स्तरमा यससंग सम्बन्धित शिक्षाको बिकाश गरौँ साना वालवालिकाहरु लाई प्रकृति प्रेमी बन्न सिकाउँ। वोट बिरुवाहरुको महत्त्व बुझाउ र यिनको संरक्षण गर्न सिकाउ आफू सफा स्वच्छ संगै परिवार, टोल अनि समाज सफा सुन्दर हरियाली बनाउने अभियानमा लागै बिकास निर्माणका हरेक क्रियाकलाप हरु लाई वातावरण मैत्रि बनाई दिगो बिकासको अबधारणा समेत बनाउ भई परि आउने बिपत्तिको जोखिम न्युनिकरणको लागि पुर्व तयारि गरौ।

लेखक वातावरण संरक्षणका अभियन्ता हुनुहुन्छ।

प्रकाशित : २०७७ वैशाख ८ गते २१:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI